काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज नबस्ने भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजको बैठक स्थगित गरी अब मङ्सिर ४ गते बिहीबार बस्नेगरी तय भएको जानकारी दिए।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए। कांग्रेसभित्र महाधिवेशनलगायतका विषयमा सहमति नजुटेकाले बैठक प्रभावित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।