फाइल तस्बिर।
काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा बहुमत नपुगेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन संख्या नपुगेको उनले पुनः बताएका छन्। देउवाले आफ्नै निवास बूढानीलकण्ठमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा भने, ‘मलाई बहुमत पुगेको छैन। बहुमत चाहिन्छ कि चाहिन्न भन्नु न।’
माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग वार्ता भने भइरहेको उनले जानकारी दिए। अन्य दलसँग छलफल भए पनि निष्कर्ष निस्कन नसकेको देउवाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।