• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

१६ दिनमै ३६ हजार ५४६ संक्रमित : यस्तो छ वैशाख महिनाको कोरोना ग्राफ

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १७, २०७८  १५:४९
1140x725

काठमाडौ- कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेको छ। बिहीबार ३५ जना संक्रमितको मृत्यु भयो, जुन संख्या नेपालमा एकै दिन मृत्यु हुने हालसम्मकै सबैभन्दा धेरै हो।

सोही दिन हालसम्मकै उच्च संक्रमण दरसमेत कायम भयो। कूल १२ हजार ५९७ जनाको पीसीआर परीक्षणमा ३८.३५ प्रतिशत अर्थात् चार हजार ८३१ जनामा संक्रमण पुष्टि भएको थियो। 

नयाँ वर्ष सुरू भएयता संक्रमणको ग्राफ ह्वात्तै उकालो लागेको छ। संक्रमितसँगै दैनिक मृत्यु हुने र गम्भीर बिरामी थपिने क्रम पनि बढेको छ।

गत चैत महिनाको दोस्रो सातासम्म दैनिक रूपमा कोरोना संक्रमण हुने संख्या दोहोरा अंकमा सीमित थियो। भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिन थालेपछि त्यसको असर नेपालमा पनि देखापर्न थालेको थियो। चैत तेस्रो सातादेखि दैनिक पुष्टि हुने संक्रमितको संख्या १०० भन्दा उकालो लागेर अहिले पाँच हजार नजिक पुगेको छ। करिब १४ हजार बराबरको परीक्षण हुँदा  चार हजारभन्दा माथि संक्रमित देखिन थालेका छन्। यो करिब ३० प्रतिशत बराबर हो। अहिले १०० जनाको परीक्षण गर्दा औसतमा ३० जनामा कोरोना संक्रमण पुष्टि हुन थालेको देखिन्छ। यसले कोरोनाको फैलावट भयावह हुँदै गएको देखाउँछ।

नयाँ वर्ष (२०७८) सुरू हुँदा दैनिक ५०० को संख्यामा संक्रमित थपिँदै कोरोनाको ग्राफले उकालो चढेको थियो। पछिल्लो समय संक्रमण झन् उच्च दरमा बढ्दै गएको छ।

वैशाख १ गतेसम्म देशभर जम्मा चार हजार ५६ जनामात्रै सक्रिय संक्रमित थिए। तर, वैशाख १६ गतेसम्म आइपुग्दा यो संख्या झन्डै साढे पाँच गुणाले बढेको छ। वैशाख १६ गते (बिहीबारसम्म) सार्वजनिक भएको तथ्यांकअनुसार देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसबीचमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको छ। नेपालमा हालसम्म तीन हजार २४६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार वैशाख १ गतेयता मात्रै कोरोना संक्रमणबाट १९७ जनाको मृत्यु भएको छ। वैशाख १ देखि १६ गतेसम्मको अवधिमा ३६ हजार ५४६ जना कोरोना संक्रमित थपिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ वैशाख महिनाको तथ्यांकः 

वैशाख १ 
वैशाख १ गते देशभर ५८० जना कोरोना संक्रमित थपिएका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर चार हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उक्त तथ्यांकअनुसार त्यस दिन परीक्षण गरिएकामध्ये १३.५२ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो।

काठमाडौं उपत्यकामा २५४ जना संक्रमित भेटिएका थिए। काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै कोरोना संक्रमण भएर ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए। संक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो।

वैशाख २ 
उक्त दिन ४९० जनामा संक्रमण पुष्टि भएको थियो। तीन हजार ५८८ जनामा गरिएको परीक्षणमा यो संख्यामा कोरोना पुष्टि भएको थियो। त्यस दिन कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वैशाख ३ 
उक्त दिन ८३६ जना संक्रमित पहिचान भएका थिए। पाँच हजार ५३७ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको थियो। उक्त दिन थपिएका संक्रमितमध्ये ३४८ जना काठमाडौं उपत्यकाका थिए। 
काठमाडौंमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जना संक्रमित थपिएका थिए। त्यस दिन कोरोना संक्रमणबाट देशभर चार जनाको मृत्यु भएको थियो।

वैशाख ४ 
उक्त दिन देशभर ७६८ जना कोरोना संक्रमित थपिएका थिए। पाँच हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको थियो। त्यस दिन कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो। यसैगरी संक्रमितमध्ये १०० जना सघन उपचार कक्ष र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो। काठमाडौं उपत्यकामा ३५ जनाको सघन उपचार कक्ष र २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो। 

वैशाख ५ 
नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएयता पहिलोपटक वैशाख ५ गते एक हजारभन्दा बढीमा एकै दिन संक्रमण पुष्टि भएको थियो। उक्त यदिन देशभरका प्रयोगशालाहरूमा गरिएको पाँच हजार ८४ जनाको पीसीआर परीक्षणबाट एक हजार १५ जनामा संक्रमण पुष्टि भएको थियो।  साथै,  देशभर आठ जना संक्रमितको मृत्यु भएको थियो।

वैशाख ६ 
वैशाख ६ गते देशभर एक हजार २२७ जना संक्रमित थपिएका थिए। सात हजार एक जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पहिचान भएका थिए। त्यस दिन कोरोना संक्रमणबाट देशभरमा गरी आठ जनाको मृत्यु भएको थियो।

वैशाख ७ गते 
उक्त दिन देशभर एक हजार ६६७६ जना कोरोना संक्रमित थपिएका थिए। देशभरका प्रयोगशालामा आठ हजार ५५ नमूनाको आरटी–पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका थिए। सो दिन ११ जनाको मृत्यु भएको थियो। 

वैशाख ८ 
वैशाख ८ गते दैनिक थपिने संक्रमितको संख्या दुई हजार नाघेको थियो। त्यस दिन आठ हजार ८४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 
वैशाख ८ गते थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै एक हजार ५१ जना रहेका थिए। काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सो दिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको थियो।

वैशाख ९ 
उक्त दिन देशभरबाट दुई हजार ३६५ जना संक्रमित थपिएका थिए। कूल १० हजार एक जनाको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको हो। त्यस दिन थपिएका संक्रमितमध्ये भक्तपुरका ८१, ललितपुरका १०६ र काठमाडौंका ९८७ जना थिए। सो दिन पाँच जना संक्रमितको मृत्यु भएको थियो। 

वैशाख १० 
उक्त दिन देशभर दुई हजार ४४९ जना कोरोना संक्रमित थपिएका थिए। आठ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको थियो। त्यस दिन कोरोना संक्रमणबाट थप पाँच जनाले ज्यान गुमाएका थिए।

वैशाख ११ 
वैशाख ११ गते देशभर दुई हजार ४८६ जना कोरोना संक्रमित थपिए। देशभर सात हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा ती संक्रमित पहिचान भएका थिए। त्यस दिन १४ जना संक्रमितको मृत्यु भएको थियो। 

वैशाख १२ 
वैशाख १२ को दिन तीन हजार ३२ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस दिन देशभर नौ हजार २९२ जनाको पीसीआर परीक्षण भएका थिए। उक्त दिन २८ जनाको मृत्यु भएको थियो।

वैशाख १३ 
उक्त दिन तीन हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कूल १२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा उक्त संखयामा संक्रमित भेटिएका थिए। उक्त दिन १२ जना संक्रमितको मृत्यु भएको थियो।

वैशाख १४
उक्त दिन देशभरका प्रयोगशालाहरूमा गरिएको पीसीआर परीक्षणका क्रममा चार हजार ३६४ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस दिन १४ हजार ६७२ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यस दिन संक्रमणबाट १८ जनाको मृत्यु भएको तथ्यांक छ।

वैशाख १५ 
उक्त दिन चार हजार ७७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। देशभरका प्रयोगशालाहरूमा १४ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा ती संक्रमित पहिचान भएका थिए। उक्त दिन १७ जनाको मृत्यु भएको थियो। 

वैशाख १६ 
यस दिन हालसम्मकै उच्च दरमा संक्रमित थपिएका थिए। कूल १२ हजार ५९७ जनाको पीसीआर परीक्षणमा चार हजार ८३१ जनाको नतिजा पोजिटिभ आएको थियो। सोही दिन ३५ जना कोरोना संक्रमितको मृत्यु हुँदा नेपालमा एकै दिन सबैभन्दा धेरै संख्यामा मुत्यु हुने रेकर्ड बनेको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्