काठमाडाैं- कोरोना संक्रमण दैनिक उच्च दरमा बढेसँगै नेपाल आएका विदेशीलाई अनिवार्य क्वारेन्टिनमा राख्न निर्देशन दिएकाे छ।
शुक्रबार साँझ सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले क्वारेन्टिनमा बस्न नमाने डिपाेट गर्ने निर्णय गरेकाे छ।
यस्तै, क्वारेन्टिनको रुपमा रहेका होटलहरुलाई थप व्यवस्थित गरिने भएका छ। यता, नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।