काठमाडाैं- सरकारले निषेधाज्ञा जारी भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेकाे छ।
शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले निषेधाज्ञा जारी भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेकाे हाे।
सरकारले हाल संक्रिय संक्रमित ५ सयभन्दा बढी रहेकाे स्थानमा स्थानिय प्रशासनलाई निषेज्ञाधा जारी गर्न स्वीकृति दिएकाे छ। हाल काठमाडाैं उपत्यकाका तीन जिल्लासहित १९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै, बैठकले निषेधाज्ञा जारी भएका जिल्लाहरुमा एक चाैथाई कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेकाे छ।
यता, निर्माण कार्य सबै बन्द हुने भएकाे छ। उद्योग सञ्चालन गर्ने भए कामदार भित्रै बस्ने व्यवस्था गर्ने र नीजि अस्पताललाई कोभिड अस्पताल बनाउन तयारी थाल्ने बैठकले निर्णय गरेकाे छ।
यसका साथै संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्न खटाउने गरी मन्त्रीपरिषद्मा सिफारिस गरिने भएकाे छ।
नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गरिने भएकाे छ। अब १३ वटा नाकाबाट मात्र आवतजावत गर्न पाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।