काठमाडाैं- एमसीसीलाई संसद्बाट संकल्प प्रस्तावमार्फत् पारित गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुनै सहमति नभएको कांग्रेस सभापति शेरबहादुुर देउवाले स्पष्टिकरण दिएका छन्।
‘ठूलो अनुदान रकम हो। ब्याज/स्याज पनि छैन। तिर्नुपर्ने पनि छैन। सित्तै दिएको हो नेपाललाई’, उनले भने, ‘अनेक किसिमको भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेको छ, काहीँ के भनेको छ। अमेरिकी सेना आउन नेपालले दिन्छ?’
एमसीसी पारित नभए आफूलाई अप्ठ्यारो पर्ने अभिव्यक्ति कहिँ नदिएको उनले प्रष्टाए। प्रधानमन्त्रीहरू बाबुराम भट्टराई हुँदै सुशील कोइरालासम्म आइपुगेपछि एमसीसीको सम्झौता गर्न आफ्नो समयमा अर्थमन्त्रीलाई अमेरिका पठाएको देउवाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।