काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)का बहुमत सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरेका छन्।
जसपाका १८ जना प्रतिनिधि सभा सदस्यले ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरेका हुन्। जसपा नेता नवराज सुवेदीका अनुसार ३४ सांसदमध्ये (२ निलम्वित) १८ जनाले त्यसका लागि हस्ताक्षर गरिसकेका छन्।
ओलीविरुद्ध अविश्वास ल्याउन कांग्रेस र माओवादीलाई आह्वान गरिएको सुवेदीले बताए। जसपाकाे कार्यकारिणी समितिको वैशाख १४ गते बसेको बैठकले पनि ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहमति जनाएका थिए। ५१ जनाको केन्द्रीय कार्यकारिणी समितिमध्ये बैठकमा २८ जना सहभागी भएकाे नेता सुवेदीले दाबी गरे।
सम्बन्धित समाचार :
बाबुराम-उपेन्द्र बहुमतमा पुगेपछि के होला जसपाको ‘मूभ’?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।