काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सवल हुँदा विकासमा तीव्रता आउने बताएका छन् ।
आज पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले नै स्थानीय तहलाई बलियो बनाउन सुरु गरेको बताए ।
‘स्थानीय तहको सवलीकरणका कुरा गर्दा एमालेको २०५१ सालको सरकारलाई भुल्नु हुँदैन,’ ओलीले भने, ‘त्यतिबेला जनश्रमदान गरेर गाउँ–गाउँमा सडक र नहर बनाउने कामको थालनी एमालेले नै गरेको हो ।’
अध्यक्ष ओलीले स्थानीय तह सवलीकरण हुँदा देशलाई कुनै हानि नहुने बताए । उनले स्थानीयलाई स्वायत्तता दिनुपर्ने बताए । ‘स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार दिनुपर्दछ,’ अध्यक्ष ओलीले भने, ‘सक्षम स्थानीय तहबाटै जनताले संघीयताको अनुभूत गर्न पाउँछन् । ’
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री गाउँ–गाउँ पुग्न नसक्ने तर राज्यको प्रतिनिधिको रूपमा स्थानीय तहका प्रतिनिधि जनताका घर–घर पुग्नुपर्ने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।