• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जनस्वास्थ्य विज्ञको टिप्पणी– सरकारले उपचार गर्ने दायित्वबाट हात उठाउन मिल्दैन

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १७, २०७८  २१:०५
1140x725

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत् कोरोना संक्रमण मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको भन्दै सरकारले अब अस्पतालहरुमा बेड उपलब्ध गराउन नसकिने बतायो। र, संक्रमण रोकथामका उपाय अबलम्बन गर्न सबैलाई अपील गर्‍यो। 

‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ’, मन्त्रालयको अपिलमा भनिएको  छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन हार्दिक अपील छ।’

मन्त्रालयले सो विज्ञप्तिमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण दर डरलाग्दो रुपले बढेको समेत उल्लेख गरेको छ। 

नागरिक महामारीको चपेटामा परेर मरिरहँदा सरकारले यस्तो लाचारी देखाउन मिल्छ? हामीले जनस्वास्थ्यका विज्ञहरुलाई यो प्रश्न सोध्यौं। विज्ञहरुले सरकारको यो कदम गैरजिम्मेवार र संविधानविपरीत कार्य भएको टिप्पणी गरेका छन्। 

नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको र अहिलेको महामारीको अवस्थामा राज्य थप जिम्मेबार भएर नागरिकको उपचारमा खट्नुपर्नेमा उल्टो हात उठाएर पन्छिन खोज्नु गैरजिम्मेवारपनि भएको उनीहरुको टिप्पणी छ। 

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख रहिसकेका डा बाबुराम मरासिनीले सरकारले बोल्न नहुने कुरा बोलेको बताए।  ‘कोरोनाले देश यस्तो आक्रान्त भएको अवस्थामा सरकारले नबोल्नुपर्ने कुरा बोलेको हो’, मरासिनीले नेपाल लाइभसँग भने, ‘यस्तो कुरा सरकारले बोल्न मिल्दैन। संसारमा कहीँ पनि यस्तो हुँदैन। अमेरिकामा पनि बेडको कमी भयो तर कहिल्यै हामी सक्दैनौं भनेन।’ 

सरकारले सम्भव भएजति सबै प्रयत्न गर्नुपर्ने उनको भनाई छ। ‘के गर्न सकिन्छ प्रयास गर्ने हो। सकिन्छ भने काठमाडौंवाट विरामी बाहिर लाने हो कि? जस्तो, उदयपुरको गाइघाटमा ५० शय्याको आईसीयू र भेन्टिलेटरसहितको उपचार कक्ष खाली छ। 

त्यसलाई सञ्चालन गर्न कहाँ बाधा छ?’ उनले भने, ‘करारमा जनशक्ति लिनुपर्‍यो। जनकपुरवाट आएका र अन्य स्थानवाट आएका मानिसहरुलाई उतै पठाएर उपचार गर्नपर्‍यो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले विज्ञप्ति जारी गरेर ‘अस्पताल भरिए अब उपचार गर्न सक्दैनौं’ भन्ने कुरा गर्नै नहुने टिप्पणी उनले गरे। ‘सरकारको गर्ने इच्छा भए चाँगुनारायणमा विर अस्पतालको २२ रोपनी जग्गा छ। त्यहाँ टहरा बनाएर अक्सिजन राखेर उपचार गरे हुँदैन?’, उनले भने, ‘गर्ने चाहना हो भने जे पनि गर्न सकिन्छ। एउटा सुकुम्वासीले त रातारात घर बनाएर बस्न सक्छ।’ 

सरकारले चाहेमा कुनै पनि कुरा असम्भव नभएकाले यस्तो कुरा बोल्नै नहुने मरासिनीले बताए। 

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेलले पनि सरकारको निर्णय गलत भएको बताए। सरकारले जनताको उपचार गर्न र महामारी नियन्त्रण गर्नबाट हात उठाउन नमिल्ने उनको तर्क छ। ‘नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा राखेको छ’, उनले भने, ‘आधारभुत स्वास्थ्य सेवा प्रधानमन्त्रीको नीति तथा कार्यक्रमदेखि संविधानमा लेखिएको कुरा भएकाले यसमा सक्दिनँ भनेर भाग्न सरकारले पाउँदैन।’  महामारी पनि आधारभुत कुरामै पर्ने भएकाले मन्त्रालयको विज्ञप्ति गलत भएको उनको बुझाई छ। 

‘संविधानमा लेखिएको कुरा नेपाली जनताको मौलिक हक हो, आधारभुत स्वास्थ्य सेवा दिन्छु भन्ने अनि आपतकालिन अवस्थामा सरकारले हात उठाउँने?’, उनले भने, ‘यस्तो स्थिति सरकारकै कारणले आएको हो। गलत गलत निर्णय गर्दै जाने अनि अन्त्यमा हात उठाउँने?’

सरकारले अहिले खोप कार्यक्रम रोकेर गलत काम गरेको भन्दै उनले  विद्यालयमा खोप केन्द्र राखेर सञ्चालनमा ल्याउन माग गरे। ‘धेरै ठाउँमा राखेर सवै नागरिकलाई खोप दिनु राज्यको दायित्व हो’, उनले भने, ‘स्कुल कलेज बन्द छ, भ्याक्सिन लगाउन भ्याक्सिनेट चाहिएको हो नि अहिले स्वास्थ्यकर्मी कति छन् छन् नि। उनीहरुको प्रयोग पो गर्न सक्नुपर्‍याे।’  

जति पनि स्कुल र नीजि अस्पताललाई प्रयोगमा ल्याएर खोप सञ्चालन गर्नुपर्ने उनको सुझाव छ। महामारी नियन्त्रण गर्नका लागि ‘चेन अफ ट्रान्समिसन’ बन्द गर्नुपर्ने भन्दै उनले यसैले गर्दा जनस्वास्थ्यको मापदण्ड सबैले पालना गर्नुपर्ने बताए।

‘जनताले पनि स्वास्थ्य मापदण्ड पालना गर्नपर्‍यो, सरकारले पनि’, उनले भने, ‘सरकारले लागू गर्नुपर्ने ६ वटा ‘टि’ थियो। शुरुमै कहाँवाट आउँछन् वा कुन वोर्डरवाट छिर्छन् भनेर ट्रयाक गर्नुपर्‍याे, आउनेहरुलाई टेस्टिङ गर्नुपर्‍याे, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्‍याे। यसपछि टिम अप्रोचमा जान पर्‍याे। अनि त्यसका लागि राजनीतिक प्रतिवद्धता हुनुपर्‍याे।’ 

सबै दलहरुबीचमा सहमति गरेर ६ वटा ‘टि’को पालना हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए। सरकारले सवैभन्दा पहिले खोप कार्यक्रम शुरु गर्नुपर्ने उनको तर्क छ। ‘जवसम्म ७० प्रतिशत जनता भ्याक्सिन लगाएर इम्युनाइज हुँदैनन् तबसम्म हर्ड इम्युनिटी प्राप्त हुँदैन’, उनले भने, ‘यो प्राप्त नभएसम्म संक्रमण रोक्न सकिँदैन।’ 

यो कुरा थाहा हुँदाहुँदै सरकारले यस्तो निर्णय गर्नु बुझिनसक्नु भएको उनले बताए। ‘अहिले आएर लकडाउन चाहिँ गर्ने तर खोप कार्यक्रम रोक्ने सरकारको कस्तो सोच हो?’, उनले भने, ‘जिन्दगीभर लकडाउन गर्ने हो कि? एउटै कुरा के हो भने राज्यले हात झिक्न पाउँदैन।’ 

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले बाँच्न पाउने अधिकार नागरिकको आधारभूत कुरा भएको र सरकारले जनस्वास्थ्यका काम नगरिदिँदा व्यक्तिको बाँच्न पाउने अधिकार कुन्ठित भइरहेको बताए। सरकारले जनशक्ति पूर्ति गरेर जुन रुपमा पनि त्यो जिम्मेवारी पुरा गर्नैपर्ने उल्लेख गर्दै उनले भने, ‘सरकारले पुराना गल्तिबाट सिकेर नियन्त्रणको तयारी गरेको देखिएन। आँठ, अठोट, इच्छाशक्ति सरकारको केही पनि देखिएन।’
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्