काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढाइरहेको बताएकी छिन् ।
जेन जेड आन्दोलनको मर्मअनुसार सरकार अघि बढिरहेको उनको भनाई छ ।
नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन् ’हामी काम गर्न नै आएको हो। जे सकेको गरिरहेका छौँ। युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि हामीले काम गर्नु छ। यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन। हामी रोकिँदैनौँ।’
अहिले अख्तियारले पनि आफ्नो रफ्तार बढाइरहेको उनको भनाई थियो । ‘तपाईँहरूले समाचारमा पढिरहनु भएकै होला। केही ठुला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरूले कदम चालेका छन्,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।