काठमाडाैं- सरकारले काेराेना संक्रमण राेकथामका लागि नेपाल-भारतका २२ वटा नाका बन्द गर्ने निर्णय गरेकाे छ।
शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने निर्णय गरेकाे हाे।
अब काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ।
खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइने बैठकले निर्णय गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।