फाइल तस्बिर काठमाडाैं- कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका बीच पनि सरकारले निर्माण कार्यलाई निरन्तरता दिने भएको छ।
शुक्रबार साँझ सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने निर्णय गरेको हो।
यस्तै आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रस्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारीसाधन सञ्चालन गर्न दिने निर्णय सीसीएमसीले गरेको छ।
अपडेट:वैशाख १८ साँझ ८:४३ बजे।
(यसअघि 'निर्माण कार्य बन्द गर्ने सीसीएमसीको निर्णय, उद्योग सञ्चालनमा पनि कडाइ' शीर्षकमा प्रकाशित समाचार पुष्टि हुन नसकेकोले सच्याइएको छ। यसबाट पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछाैं। सं.)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।