• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
प्रा. कृष्ण पोखरेलसँग अन्तर्वार्ता

‘राजनीति यस्तो भयो कि जनताले अझै केही समय दुःख पाउँछन्’

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १७, २०७८  २०:३०
1140x725

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बुधबार अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो। अविश्वास प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिने तय भएको थियो। अविश्वास प्रस्ताव पारित गराउन उनीहरूसँग ठिक्क (३१ जना) सांसद् थिए। प्रदेश सभामा जारी छलफलमा जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भए। उनी पार्टी सम्पर्कमा पनि रहेनन्। राजमोले दिएको निवेदनको आधारमा प्रदेश सभा बैठक स्थगित भयो। मतदान भएन।

अन्तिममा शाही ‘कोरोना पोजिटिभ’ भएर चरक अस्पतालको आईसीयूमा भर्ना भएको खबर सार्वजनिक भयो। सत्ता जोगाउन एमालेले शाहीलाई अपहरण शैलीमा अस्पतालमा भर्ना गरेको जनमोर्चाले आरोप लगाएको छ। यहीबीच सत्ता जोगाउन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अपराधकर्मबाट राजनीतिमा आएका दीपक मनाङे भनिने राजीव गुरुङलाई मन्त्री बनाएका छन्। गण्डकी प्रदेशमा भइरहेको राजनीतिक घटनाक्रम, यसले राजनीतिक मूल्य मान्यता, प्रणाली र आमजनतामा असर पार्ने विश्लेषण भइरहेका छन्। यसै सन्दर्भमा राजनीतिक विश्लेषक कृष्ण पोखरेलसँग नेपाल लाइभले गरेको कुराकानीको सारसंक्षेप:
 
गण्डकी प्रदेश सभामा बुधबार भएको ‘सांसद हराएको’ र ‘अस्पतालमा भेटिएको’ घटनालाई कसरी हेर्नुभएको छ?
हेर्नुस्, जोसँग सत्ता छ। सत्तामा हुनेहरूसँग पहलकदमी पनि हुँदोरहेछ। खिमविक्रम शाही सत्ताको खेलमा सबैभन्दा कमजोर कडी हुन् जस्तो लाग्छ। उनमा कहीँ न कहीँ इच्छा नभएको भए घटना हुँदैनथ्यो। उनलाई सत्तारुढ दलले अपहरण नै गर्‍यो भन्ने म पत्याउँदिनँ। तर, ‘तिमी कुटे जस्तो गर, म रोए जस्तो गर्छु’ भएको चाहिँ हुन सक्छ।

जुन अस्पतालमा राखिएको छ, त्यो हो होइन, तपाईंहरु नै भेरिफाइ गर्नुस्। त्यो एमाले निकटकै व्यवसायीको हो भन्ने सुनेको छु। शाहीको एकैदिन दुई किसिमको कोरोना रिपोर्ट आएको छ। त्यो सबै कुराहरूले उहाँले सत्ता पनि जोगाउन र आफ्नो सांसद पद पनि जोगाउन चाहेको जस्तो देखिन्छ। ‘सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने’ भन्छन् नि, शाहीले त्यही गर्न खोजेको जस्तो लाग्छ। 

त्यस्तो बेला कि आँट गरेर फ्लोर क्रस गर्नुपर्ने हो। फ्लोर क्रस गर्ने हिम्मत पनि उहाँसँग भएन। आफ्नो पार्टीले लगाएको ह्वीप अवज्ञा गर्न पनि नसक्ने भए। त्यसो गरेपछि सांसद पद जान्छ। त्यसैले ह्वीप उल्लंघनको आरोपबाट पनि जोगिने र एमालेको सरकारलाई जोगाउन  पनि सकिने उपायतिर लागेको देखिन्छ। पदकै लागि नगरेर अरु केहीबाट प्रभावित भएर गरेको हुन सक्छ। त्यो बिस्तारै खुल्दै जाला। अहिले नै यो हो भनेर भन्न सक्ने अवस्था छैन।
  
यस्तै घटना एक वर्ष पहिले काठमाडौंमा पनि भएको थियो। जनकपुरबाट सांसद अपहरण गरिएको भन्दै पूर्वप्रधानमन्त्रीलगायतले नै शरीर बन्धकको उजुरी दिएका थिए। त्यो घटना र यो घटनाको फरक वा समानता के हो?
मैले अघि नै भनेँ, जो सत्तामा छ, शक्तिमा छ, यस्तो गर्न सक्ने आँट उसैसँग हुन्छ। राजनीतिक खेलो फड्कोमा राजनीति सत्तामा हुनेको हातमा हुन्छ। गण्डकी प्रदेशमा पनि सत्तामा भएकै दलको सरकार टिक्यो। त्यसैगरी लुम्बिनीमा पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु त्यही दिन मन्त्री हुन तयार भए। सत्तामा भएकै कारण शंकर पोखरेलको सरकार जोगियो।

कर्णाली प्रदेशमा पनि सत्तामा हुने दलकै मुख्यमन्त्री पद जोगियो। गण्डकीमा जे जस्तो भए पनि सत्ता त जोगियो। सत्तारुढले हालेको चारो अरु कसैले टिपेनन्, शाहीले टिप्नु भयो कि जस्तो लाग्छ। अब उहाँ जुन पार्टीको सांसद हुनुहुन्छ, त्यो पार्टीले आफ्नो सांसदलाई अनुशासनमा राख्न सकेन। उहाँको मत सुरक्षित गर्न सकेन। त्यहाँ यति झिनो अन्तर थियो कि एक जना अनुपस्थित हुँदा हस्तिनापुरको राज जोगिने वा चपरी मुनिको बास पुग्ने स्थिति थियो। त्यो बेला शाही अनुपस्थित भएर एमालेको सत्ता जोगाइ दिनुभयो।
 
हाम्रो राजनीतिमा ‘मान्छे उठाउने’ यस्ता घटना सामान्य हुन् कि साँच्चिकै गम्भीर?
यस्ता घटनालाई सामान्य रूपमा लिन सकिँदैन। उठाएकै हो भने झन् जघन्य अपराध नै हो। तर, तपाईं उठाए जस्तो गर्नुस्, म उठ्न तयार छु भन्ने खालको हो भने पनि राजनीतिक रूपमा विकृत अभ्यास हो। त्यो संसदीय राजनीतिमा जुन प्रदेशमा भयो। प्रादेशिक राजनीतिमा यो खालको परिघटनाले कुनै राम्रो सन्देश दिँदैन। यसले जनमानसमा एक प्रकारको सम्बन्धित पार्टीप्रति वितृष्णा हुन्छ नै। त्यसभन्दा पनि व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुने खालको अवस्था भयो।

Ncell 2
Ncell 2
nimb
nimb

किन भइरहेका छन् हामीकहाँ यस्ता घटना?
यो विकासशील मुलुकहरूमा जहाँ संसदीय राजनीति छ। त्यहाँ यस्ता खालका कुराहरू भइरहन्छन्। यो हामीले गर्दै जाने, सिक्दै जाने कुरा रहेछ। २०४८ साल, २०५१ सालदेखि यस्ता घटनाहरू प्रशस्तै भए। दल सम्बन्धी ऐनमा दल बदल सम्बन्धी कानुनको व्यवस्था भयो। त्यो पछिल्लोपटक अझ कठोर बनाइएको छ। भारतमा लामो संसदीय अभ्यास भएको भनिए पनि यस्ता अनेक खालका क्रियाकलाप भएको पाइन्छ। हामीकहाँ पार्टीहरूले सिक्दै छन्। राम्रो संस्कार पनि विकसित हुँदै जाला भन्ने अपेक्षा गर्न सक्छौँ।

सत्ता रहने वा नरहने भन्ने कुरा हाम्रो जस्तो मुलुकमा राजनीतिक जीवनमा ठूलो कुरा हो। त्यसले गर्दा विकृतिबाट सत्ता जोगिन्छ भने किन कोसिस नगर्ने भन्नेतिर दलहरू लाग्छन्। विस्तारै ‘लर्निङ बाइ डुइङ’ हुँदै जाने हो। राम्रो कुरा पनि अभ्यासबाट सिक्दै जाने हो। नराम्रो कुरालाई अभ्यासबाटै पन्छाउँदै जाने हो।

यसले हामीले स्थापना गरेको राजनीतिक व्यवस्था र बसाउन खोजेको प्रणालीमा के असर गर्छ?
त्यो अघि नै भनी सकेँ। यसै त यसले राम्रो सन्देश दिँदैन। तर, यसैबाट सिकेर विकृति र विसंगतिको प्वाल टाल्दै जाने हो। मुख्य कुरा कस्तो राजनीतिक खेलाडी हुन्छन्? त्यसमा भर पर्ने रहेछ। नेपालको संविधानले नै प्रधानमन्त्रीलाई संसद् भंग गर्ने अधिकार दिएको छैन। तर, प्रधानमन्त्री केपी ओलीले गर्नुभयो। कानुनले गर्ने भनेको मार्गदर्शन मात्रै हो। तर, राजनीतिक दलहरूमा उनीहरूको नैतिक आचरण, उनीहरूको राजनीतिक व्यवहार, राजनीतिक संस्कार महत्वपूर्ण रहेछ। त्यो संस्कारयुक्त भयो भने कानुन मौन भएको ठाउँमा पनि राम्रै अभ्यास हुन्छ। यदि राजनीतिक संस्कार ठीक भएन भने संविधान वा कानुनले व्यवस्था गरेकोलाई पनि लत्याएर जान राजनीतिक नेताहरू तयार हुँदा रहेछन्।

Xtrem
Xtrem

यसबाट हाम्रो राजनीतिक व्यवस्था र नागरिकले के मूल्य चुकाउनुपर्ला?
आज एउटा राजनीतिक दल सत्तामा छ, भोलि अर्को दल आउँछ। जनताप्रति जुन दायित्व हो, त्यो दायित्व निर्वाह गर्ने जागरुक हुनुपर्छ। यदि त्यतातिर ध्यान दिएनन् र यस्तै खेलो फड्कोमा लागे भने नेपाली जनताले केही समय दुःख पाउँछन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्