काठमाडौँ– सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ।
मधेसका सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जसपाका ४ र नागरिक उन्मुक्तिका १ गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए।
जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त भएका थिए।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार मधेसका सभामुख मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो।
सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।