• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महामारीपछि ठप्प बनेको बजार लयमा फर्कियो, चाडपर्वलक्षित अफरले आकर्षण थप्दै

64x64
नेपाल लाइभ बिहीबार, भदौ ३१, २०७८  ०७:२९
1140x725

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण ठप्प बनेको व्यापार व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ। पछिल्लो समय कोरोना संक्रमणदर कम हुँदै गएपछि बजारमा चहलपहल बढेको हो। 

बजारमा चहलपहल बढ्न थालेपछि कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण प्रभावित बनेका व्यवसायीले केही राहत महसुस गर्न थालेका छन्। यद्यपि, कोरोना संक्रमणको जोखिम कायमै रहेकोतर्फ स्वास्थ्यविद्हरूले सचेत गराइरहेका छन्।

चाडपर्वको मौसम पनि सुरु भएको छ। हिन्दू नारीहरूको तीज पर्व भर्खरै सकिएको छ। कोरोना महामारीबीच विगतको जस्तो भव्य चहलपहल नभए पनि तीज पर्व स्वास्थ्य सावधानी अपनाउँदै मनाइएको थियो। 

हिन्दू धर्मावलम्बीहरूको ठूलो चाड दसैं असोज अन्तिम सातामा परेको छ। कात्तिक महिनामा तिहार र छठ पर्व परेको छ। त्यसपछि अन्य चाडपर्व क्रमशः आउने गर्छन्।

हरेक वर्ष चाडवाड नजिकिएसँगै व्यापार व्यवसायको माहोल बढ्ने गर्दछ। चाडपर्वलाई लक्षित गरेर ग्राहकलाई विभिन्न अफर दिएर लोभ्याउन व्यवसायीहरुबीच प्रतिस्पर्धा नै चल्छ। उपभोक्ताले पनि चाडवाडको अवसरमा पाइने छुट सुविधाको भरपूर उपयोग गर्ने गरेका छन्। त्यसैले अधिकांश उपभोक्ताले सवारीसाधन होस् या विद्युतीय सामग्री खरिद गर्न, चाडपर्वको माहोल कुर्ने गरेका छन्। चाडपर्वमा नयाँ सवारी भित्र्याउने, घर रङरोगन तथा सजावट गर्ने प्रचलन नेपालीहरूमा अझै कायमै छ। यसले चाडवाडको बेलामा सबै वस्तुको व्यापार ह्वात्तै बढाउने गर्दछ।

यस वर्ष पनि यो क्रम सुरु हुन थालेको छ। व्यवसायीहरूले क्रमशः चाडपर्वलक्षित अफरहरू सार्वजनिक गर्न थालेका छन्। अहिले सवारीसाधन, विद्युतीय सामग्री, मोबाइल फोनलगायत अन्य सामग्रीमा छुटको अफर व्यवसायीले ल्याउन थालिसकेका छन्। विभिन्न बैंक, होटललगायत सेवामुलक व्यवसाय सञ्चालन गर्ने संस्थाहरुले पनि दसैं-तिहारको अफर सार्वजनिक गर्न थालेका छन्। कोरोनाको तेस्रो लहरको त्रास कायमै रहे पनि गत वर्षको तुलनामा व्यापार राम्रो हुने अपेक्षा व्यवसायीले गरेका छन्। 

चारपांग्रे सवारीमा अफर
चाडपर्वमा नयाँ गाडी भित्र्याउने तयारी गरिरहेकाहरुलाई लक्षित गर्दै चारपांग्रे सवारी बिक्री गर्दै आएका कम्पनीहरूले विभिन्न अफर ल्याएका छन्। नगद छुटदेखि विभिन्न सुविधासहितको अफर दिएर ग्राहकलाई आकर्षित गर्ने होड अहिले निकै बढेको देख्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यही क्रममा नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैं-तिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, एक वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत् ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ।

डीएफएसकेको लागि नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले दसैं-तिहार लगायतका चाडपर्वको अवसर पारेर ग्लोरी आई अटो एसयूभीमा विशेष स्किम सार्वजनिक गरेको छ। कम्पनीले तीन लाख ५० हजारसम्म नगद छुट, ५० हजार एक्स्चेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर छुटसमेत दिने जनाएको छ। नगद छुट लिन नचाहने ग्राहकले इलेक्ट्रिक स्कुटर लिन चाहेमा याडिया ब्राण्डको प्रिमियम इलेक्ट्रिक स्कुटर सी १ एस वा जी ५ वा इलेक्ट्रिक माउन्टेन बाइकमध्ये एउटा छनोट गर्नसक्ने सुविधासमेत दिएको छ।

चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले दक्षिणासहितको 'दसैं-दक्षिणा' योजना ल्याएको छ। यही भदौ १७ गतेबाट सुरु भएको यस योजना चाडपर्वको अवधिभर निरन्तर रहने कम्पनीले जानकारी दिएको छ। यस योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा एक लाखदेखि छ लाख रुपैयाँसम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्ने जनाइएको छ। जसअन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजारदेखि दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप प्राप्त गर्न सक्ने छन्। यसैगरी पूरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकका लागि यस योजनामा ५० हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ।

नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडवाडको अवसर पारेर नेपाली बजारमा 'ड्याट्सन फेस्टिभ हट डिल' योजना सार्वजनिक गरेको छ। यस योजनामा ग्राहकलाई दुई लाख चार हजार १५२ रुपैयाँ बराबरको विशेष सुविधा, एक लाख २५ हजार रुपैयाँ नगद छुटका साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। साथै, एक वर्षको बिमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङको व्यवस्था पनि गरिएको छ।

Xtrem

Xtrem

दुई पांग्रेमा यस्तो छ अफर
नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले हिन्दूहरूको चाड दसैंको उपलक्ष्यमा ‘दसैंको बेला हिरोको मेला’ नयाँ योजना ल्याएको छ। यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले छ हजार रूपैयाँ पक्का छुट, स्क्र्याच कार्डमार्फत् एक लाख रूपैयाँसम्म पाउनसक्ने र बम्पर लक्की ड्रमार्फत् एक जनाले एक लाख रूपैयाँ नगद पाउने कम्पनीले जनाएको छ।

यामाहा मोटरसाइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले हिन्दूहरुको चाड दसैं र तिहारको अवसरमा विशेष उपभोक्ता योजना 'रेस फर द एस' अफर सुरु गरेको छ। योजनाअन्तर्गत उपभोक्ताहरुले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा आठ हजारदेखि एक लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्नसक्ने जनाइएको छ।

टीभीएसले मोटरसाइकल तथा स्कुटरको खरिदमा छ पटकसम्म उपहार जित्न मिल्ने योजना ल्याएको छ। भदौ १६ देखि सुरु भएको यो योजना चाडपर्वहरुको समापनपछि समाप्त हुने कम्पनीले जनाएको छ। योजना मुलुकभरिका सम्पूर्ण टीभीएस सोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ। योजनाले ६ पटकसम्म आकर्षक पुरस्कार प्रदान गर्ने कम्पनीले जनाएको छ। सवारी खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद हात पार्नसक्ने कम्पनीले जनाएको छ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले 'बजाज खुसीको ३ डोज' योजना सार्वजनिक गरेको छ। दसैं पर्वको अवसरमा कम्पनीले यो विशेष योजना सार्वजनिक गरेको हो। यस अफरअन्तर्गत ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन्। त्यसबाहेक उपभोक्ताहरुले मोटरसाइकलको खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन्। र, बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले दसैं तिहारलाई मध्यनजर गर्दै ‘दसैं आयो, उमंग छायो क्यासब्याकको साथै बम्पर पायो’ उपहार योजना ल्याएको छ। यस उपहार योजनाअन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ स्योर सट क्यासब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्ट्रडर बाइक पाउने पक्का रहेको कम्पनीले जनाएको छ।

याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट र दुई वटा हेल्मेट निःशुल्क दिने योजना सार्वजनिक भएको छ। याडियाको आधिकारिक बिक्रेता कुजु नेपालले यो स्कीम सार्वजनिक गरेको हो। विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेको कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले बताए। कम्पनीले यसबाहेक स्कुटर किन्ने ग्राहकलाई दुई हजार रुपैयाँ बराबरको फुड भौचरको साथै, ब्याज नलाग्ने स्किम पनि दिएको छ।

अरुमा के छ अफर
दसैं तिहारलाई लक्षित गरेर बर्जर पेन्ट्सले ‘बर्जर फेस्टिभ राइड’ योजना सार्वजनिक गरेको छ। बर्जर पेन्ट्सको यो योजना भदौ १५ गतेबाट सुरु भएको हो। यस योजनाअन्तर्गत उपभोक्ताहरुले छानिएका ब्रान्डहरुको खरिदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट्स पक्का उपहार प्राप्त गर्नेछन्। यसमा एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफ जेड २५ मोटरसाइकल जित्न सक्नेछन्। 

एलजी ब्राण्डको नेपालका लागि अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले दसैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै आफ्नो नयाँ अभियान सुरु गरेको छ। कम्पनीले 'हार्दिक बधाई तपाईंलाई, यस चाडवाडमा विशेष सबैलाई'  अभियान जारी गरेको हो। उक्त अभियानका क्रममा एलजीका कुनै पनि सामानको खरिदमा पाँच करोड रुपैयाँभन्दा बढीको उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। यस योजनाअन्तर्गत एलजीका घरायसी सामानहरु र होम इन्टरटेन्मेन्टका सामान खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको कम्पनीले जनाएको छ।

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले हिन्दू धर्मावलम्बीहरूको चाड दसैं र तिहारलाई लक्षित गर्दै 'यो उत्सवमा घरलाई बनाऔं सीजी स्मार्ट होम' नामक योजना हालै बजारमा ल्याएको छ। उक्त योजनाअन्तर्गत सीजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरु प्राप्त गर्नसक्नेछ। ५५ हजारसम्मको महाबचतसमेत गर्न सकिने यस योजनामा प्रत्येक १५-१५ दिनमा लक्की ड्रमार्फत् सीजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर पाँच जनालाई र बम्परमा तीन जोडीलाई दुई रात, तीन दिनको मेघौली सेराइको प्याकेजसमेत जित्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

स्मार्ट उपकरण ब्राण्ड ओपोले हिन्दू धर्मावलम्बीहरुको चाड बडा दसैंको अवसरमा ‘बडा दसैंको लहर ओपोको अफर’ नामक  विशेष उपहार योजनाको घोषणा गरेको छ। उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्ट फोनलगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाइ विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा?
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्