काठमाडौं- याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट र दुई वटा हेल्मेट निःशुल्क दिने योजना सार्वजनिक भएको छ। याडियाको आधिकारिक विक्रेता कुजु नेपालले यो स्कीम सार्वजनिक गरेको हो।
विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेको कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले बताए।
कम्पनीले यसबाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै, ब्याज नलाग्ने स्कीम पनि दिएको छ। जसमा कर्जा लिएको रकममा कुनै अतिरिक्त ब्याज लाग्ने छैन। एक वर्षको सडक दस्तुर, एक्सचेन्ज सुविधा र सहज फाइनान्स सेवा ग्राहकले पाउने छन्। यसबाट ग्राहकले प्रदूषणरहित विश्वस्तरीय इलेक्ट्रिक स्कुटर सहज तरिकाले पाउने छन्।
कुजु नेपाल प्रालिले अहिले विभिन्न ४ भेरियन्टमा इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले बिक्री गर्ने स्लाइक सिंगल ब्याट्री भएको मोडलको मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ भने यसलाई फुलचार्जमा ६० किलोमिटर गुडाउन सकिन्छ।
स्लाइक मोडलकै डबल ब्याट्री भेरियन्टको मूल्य ३ लाख १० हजार रुपैयाँ रहेको छ। यसलाई फुलचर्जमा १२० किलोमिटर गडाउन सकिन्छ छ।
त्यसैगरी, याडिया जी ५ को मूल्य ३ लाख ३० हजार रहेको छ। ६० किलोमिटर प्रति घण्टाको स्पीडमा चलाउन सकिने यो स्कुटर एक पटकको फुल चार्जमा ८० किलोमिटर गुडाउन सकिन्छ। कम्पनीले बिक्री गर्ने सबैभन्दा धेरै मूल्यको सि वान एस मोडलको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ। यसको पनि टप स्पीड र रेञ्जजी ५ को जस्तै रहेको छ।
कम्पनीले सबै स्कुटरको ब्याट्री र मोटरमा २ वर्ष तथा चार्जरमा एक वर्षको वारेन्टी प्रदान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।