काठमाडौं- बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले 'बजाज खुसीको ३ डोज' योजना सार्वजनिक गरेको छ। दसैं पर्वको अवसरमा कम्पनीले यो विशेष योजना सार्वजनिक गरेको हो।
'बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ। र, कोभिड-१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरुमाझ खुसी बाँड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ। दसैं चाडको यो महत्त्वपूर्ण समयमा, बजाजले उपभोक्ताहरुलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने, खुसीका साथ उत्सव मनाउने र ग्राहकहरुको सुरक्षाको ग्यारेन्टीकोसमेत सुनिश्चित गर्दछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बजाजले सधैं विभिन्न पहल र अफरहरुका साथ ग्राहकहरुलाई समावेश गर्दै आइरहेको जनाएको छ। ग्राहकहरुले यस अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने बखतमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
'ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन्। त्यसबाहेक उपभोक्ताहरुले मोटरसाइकलको खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन्। र, बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँ को नगद पुरस्कार प्राप्त गर्न सक्दछन्,' विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको बताए। 'बजाजले दसैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुसी दिने प्रयास गर्ने उद्देश्यले 'बजाज खुसी को ३ डोज' अभियान प्रस्तुत गरेको हो, किनकि बजाज आफ्नो ग्राहकहरुलाई सधैँ समयको आवश्यकता अनुसार रोचक र उपयोगी अफरहरु दिनका लागि समर्पित रहेको छ। हामीले आशा गरेका छौं कि ग्राहकहरु यस अफरबाट निकै खुसी हुनेछन्,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।