काठमाडौं– सामान्यतः किनेर पिइने इनर्जी ड्रिंकको क्यानले कसैलाई मोटरसाइकल त कसैलाई स्कुटर जिताउँछ भन्ने कल्पना कमैले गरेका हुन्छन् । तर म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दसैँ धमाका २०२६’ अभियानले उपभोक्तालाई यस्तै अवसर प्रदान गरिरहेको छ ।
अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्स्ट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन् ।
काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल)को स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा सुमन कर्माचार्य र विनोद ढुंगेलले मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा आयोजित कार्यक्रममा धरानका अनोज कुमार अधिकारीले स्कुटर र विराटनगरका विनोद पोखरेलले मोटरसाइकल जितेका छन् ।
मोटरसाइकल जितेका सुमन कर्माचार्यले सामान्य रूपमा किनेको इनर्जी ड्रिंकबाट यति ठूलो पुरस्कार प्राप्त होला भन्ने कल्पनासमेत नगरेको बताए । पुरस्कार प्राप्त गर्दाको खुसी शब्दमा व्यक्त गर्न कठिन भएको उनको प्रतिक्रिया छ ।
अर्का विजेता विनोद ढुंगेलले पनि यो अवसर अप्रत्याशित र विशेष भएको बताए । स्कुटर विजेता अनोज अधिकारी र मोटरसाइकल विजेता विनोद पोखरेलले पनि सामान्य खरिदलाई पुरस्कार जित्ने अवसरमा बदल्ने अभियानले आफूहरूलाई उत्साहित बनाएको बताएका छन् ।
कम्पनीका अनुसार ‘दसैँ धमाका २०२६’ अभियानमा हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् । तर पुरस्कार जित्ने अवसर अझै बाँकी छ ।
अभियानमा थप ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
एनपीएलको प्रत्यक्ष प्रसारण भइरहेका एक्स्ट्रिम फ्यानजोनमार्फत पनि विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रम जारी रहने कम्पनीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।