काठमाडौं– विद्युतीय पारिवारिक एसयूभी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सीजी मोटर्सले जीएसी आयोन भी (एआईओएन भी) का लागि विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीको नयाँ योजनाअनुसार ग्राहकले ९ लाख ९९ हजार रुपैयाँ अग्रिम भुक्तानीमै उक्त विद्युतीय एसयूभी घर लैजान सक्नेछन् ।
नेपालमा जीएसी आयोनका विद्युतीय गाडीको आधिकारिक वितरक सीजी मोटर्सले सीमित अवधिका लागि ल्याएको यस योजनामा विभिन्न अतिरिक्त सुविधा पनि समावेश गरेको छ ।
योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकले एक वर्षको अटोप्लस बीमा, एक आर्थिक वर्षको सडक कर, नगद छुट, पुरानो गाडी साट्दा आकर्षक अतिरिक्त मूल्य तथा कम्पनीका सक्कली सामग्री प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार ग्राहकलाई गाडीको स्वामित्व लिन सहज बनाउने र प्रारम्भिक आर्थिक भार घटाउने उद्देश्यले यो योजना ल्याइएको हो ।
आयोन भीलाई फराकिलो भित्री भाग, आधुनिक प्रविधियुक्त स्मार्ट ककपिट र लामो दूरीको यात्राका लागि उपयुक्त विद्युतीय एसयूभीका रूपमा बजारमा प्रस्तुत गरिएको छ । नेपाली सहर तथा राजमार्गमा पारिवारिक यात्रालाई सहज बनाउने विशेषतासहित यो गाडी उपलब्ध रहेको कम्पनीको दाबी छ ।
यसको दीर्घकालीन विश्वसनीयतालाई ध्यानमा राख्दै कम्पनीले आयोन भीमा ११ वर्षको विस्तारित वारेन्टीसमेत उपलब्ध गराएको छ । जीएसी आयोनले विश्वभर तीन करोड ग्राहकको विश्वास प्राप्त गरेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, नेपालभर रहेका २६० भन्दा बढी चार्जिङ स्टेसनको सञ्जालले विद्युतीय गाडी प्रयोगकर्तालाई चार्जिङ सुविधामा सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ ।
आयोन भीको प्रत्यक्ष अवलोकन, परीक्षण यात्रा तथा विशेष खरिद योजनाबारे जानकारी लिन इच्छुक ग्राहकलाई सीजी मोटर्स तथा जीएसी आयोनका नजिकका बिक्री केन्द्रमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।