काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंस नियन्त्रण गर्न राज्यका संयन्त्रबाट आफूलाई सहयोग नपुगेको बताएका छन्।
बिहीबार काठमाडौँमा सम्पादकहरूसँगको छलफलमा बोल्दै ओलीले तत्कालीन प्रधानमन्त्रीका रूपमा आफूले राज्यका निकायको साथ नपाएको गुनासो गरेका हुन्।
आफ्नो अवस्थालाई अष्टमीका लागि पर्सेर राखिएको खसीसँग तुलना गर्दै उनले भने, ‘अष्टमीको दिन पर्सेर राखेको खसीले खुकुरी देखेर पनि के गर्न सक्छ ? त्यस्तै, २४ भदौमा राज्यसंयन्त्रले साथ नदिएपछि प्रधानमन्त्री एक्लैले गर्न के सक्छ ?’
२४ भदौको घटनामा राज्यका निकायको भूमिका र तत्कालीन सरकारको अवस्थाबारे ओलीले यस्तो धारणा राखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।