काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को मर्यादा हेरफेर गरेका छन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा (७६) को उपधारा (९) बमोजिम १३ चैत २०८२ मा गठित मन्त्रीपरिषद्को मर्यादा हेरफेर गरेका हुन् ।
बिहीबारदेखि लागू हुने गरी नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छन् । यसअघि २५ भदौमा भएको मर्यादाक्रम हेरफेरमा उनी सातौं स्थानमा थिइन् । तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल थिए ।
नयाँ मर्यादाक्रमअनुसार अब प्रधानमन्त्री वालेन्द्र शाहपछि क्रमश: अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल रहनेछन् । यस्तै, त्यसपछिको वरीयतामा विज्ञान प्रविधिमन्त्री महावीर पुन, महिला बालबालिकामन्त्री सीता बादी, प्रतिभा रावल, निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, पर्यटनमन्त्री खडक राज पौडेल, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, उद्योगमन्त्री दिपककुमार साह र श्रममन्त्री रामजी यादव रहनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।