काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।
नेप्से परिसूचक १०.८९ अंक अर्थात् ०.४१ प्रतिशतले घटेर २ हजार ६३६.७५ विन्दुमा झरेको हो।
बुधबार नेप्से परिसूचक १५.३९ अंकले बढेर २ हजार ६४७.६५ विन्दुमा बन्द भएको थियो।
बिहीबार बजारमा कुल ५ अर्ब ४८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। दिनभरिमा १ करोड ४७ लाख १० हजार २९८ कित्ता सेयर किनबेच भएका छन्। कारोबार संख्या ४९ हजार ८०६ रहेको छ।
कारोबारमा आएका उपसमूहमध्ये १२ वटा घट्दा लगानी उपसमूह मात्र बढेको छ। लगानी उपसमूह ०.७२ प्रतिशतले बढेर सबैभन्दा राम्रो प्रदर्शन गर्ने उपसमूह बनेको छ। यता व्यापार उपसमूह सबैभन्दा बढी १.५२ प्रतिशतले घटेको छ। बैंकिङ उपसमूह ०.९३ प्रतिशतले घटेको छ।
बिहीबार युनिक नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.८८ प्रतिशतले बढेको छ। त्यस्तै, लक्ष्मी उन्नति कोषको ४.२९ प्रतिशत र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४ प्रतिशतले सेयर मूल्य बढेको छ।
यस दिन एलएस होराइजन १२ को सेयर मूल्य सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ। एभरेस्ट कलरको ४.६० प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक र सर्वोत्तम पेन्ट्सको सेयर मूल्य समान ३.४८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।