काठमाडौं– तोकिएको समयभित्र सेयर कारोबारको राफसाफ तथा फछ्यौट नगरेपछि मनि वर्ल्ड सेक्युरिटिज प्रालि तीन कार्य दिनका लागि निलम्बनमा परेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावलीअनुसार उक्त कम्पनीलाई तीन कार्य दिनसम्म कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मंसिर ९ गते नेप्सेलाई पत्राचार गर्दै निर्धारित समयभित्र राफसाफ तथा फछ्यौटको जिम्मेवारी पूरा नगरेको भन्दै कम्पनीमाथि कारबाही गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेले निलम्बनको निर्णय गरेको हो ।
निलम्बन अवधिमा मनि वर्ल्ड सेक्युरिटिजमार्फत सेयर कारोबार गर्न पाइने छैन । उक्त कम्पनीमा मात्रै डिम्याट खाता र कारोबार खाता (टीएमएस) भएका लगानीकर्ता भने तीन कार्य दिनसम्म सेयर किनबेचबाट वञ्चित हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।