काठमाडौं- नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडवाडको अवसर पारेर नेपाली बजारमा 'ड्याट्सन फेस्टिभ हट डिल' योजना सार्वजनिक गरेको छ।
कार खरिद गर्ने व्यक्तिहरुका लागि चाडवाड एक सुवर्ण मौका पनि हो भन्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले नेपालीहरुको महान चाड दसैंको अवसरमा यो आकर्षक योजना प्रस्तुत गरेको छ।
यस योजनामा ग्राहकलाई दुई लाख चार हजार १५२ रुपैयाँ बराबरको विशेष सुविधा, एक लाख २५ हजार रुपैयाँ नगद छुटका साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। साथै, एक वर्षको बिमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङको व्यवस्था पनि गरिएको छ।
ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ। यो योजना नेपालभरका ड्याट्सन सोरुमहरुमा लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।