काठमाडौं- सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले दसैं तिहारलाई मध्यनजर गर्दै ‘दसैं आयो, उमंग छायो क्यासब्याकको साथै बम्पर पायो’ उपहार योजना ल्याएको छ।
यस उपहार योजनाअन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ स्योर सट क्यासब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्ट्रडर बाइक पाउने पक्का रहेको कम्पनीले जनाएको छ।
साथै, एक वर्षको रोड ट्याक्स र फाइनान्स तथा एक्सचेन्जको सुविधासमेत रहेको कम्पनीले जनाएको छ।
‘विश्वप्रसिद्ध जापानिज ब्राण्डको सुजुकीले उत्पादन गर्दै आइरहेका ब्राण्ड उत्कृष्ट र नेपाली बजार सुहाँउदो छन्। बीएस६ भेरियन्ट उत्पादन पनि गर्दै आइरहेको सुजुकी ब्राण्डमा ग्राहकहरुको विश्वास बढ्दै गइरहेको अवस्थामा यो योजनाले ग्राहकलाई थप फाइदा पुग्नेमा विश्वास लिएका छौं,’ कम्पनीका जनरल म्यानेजर धिरज भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।