काठमाडौं- इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले हिन्दू धर्मावलम्बीहरूको चाड दसैं र तिहारलाई लक्षित गर्दै 'यो उत्सवमा घरलाई बनाऔं सीजी स्मार्ट होम' नामक योजना हालै बजारमा ल्याएको छ।
उक्त योजनाअन्तर्गत सीजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरु प्राप्त गर्नसक्नेछ। ५५ हजारसम्मको महाबचतसमेत गर्न सकिने यस योजनामा प्रत्येक १५-१५ दिनमा लक्की ड्रमार्फत् सीजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर पाँच जनालाई र बम्परमा तीन जोडीलाई दुई रात, तीन दिनको मेघौली सेराइको प्याकेजसमेत जित्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत सीजीका कुनै पनि एलईडी टीभी, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, सोकेश, कुलर र भ्याकुमको खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीसमेत प्रदान गरिने जनाएको छ।
त्यस्तै सीजीको माइक्रोवेभ ओभनको खरिदमा दुई हजार ८०० रुपैयाँ बराबरको कुकिङ किट तथा क्यास ब्याक, एसीको खरिदमा चार हजार रुपैपाँ बराबरको नि:शुल्क जडान तथा क्यास ब्याक र सीजी डिसवासरको खरिदमा दुई प्याकेट डिसवासर ट्याब्लेट तथा क्यास ब्याक प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।
सीजीका सामानहरु खरिद गरेपश्चात् ग्राहकले आफूलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सीजीऐसऐच टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको बिल नम्ब लेखेर ३१००१ म पठाउनुपर्नेछ।
कम्पनीले यो योजना भदौ २५ देखि सीमित अवधिका लागि नेपालभर लागू गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।