काठमाडौं- यामाहा मोटरसाइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले हिन्दूहरुको चाड दसैं र तिहारको अवसरमा विशेष उपभोक्ता योजना 'रेस फर द एस' अफर सुरु गरेको छ। यो अफर यही भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कूटरको खरिदमा लागू गरिएको कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत उपभोक्ताहरुले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा आठ हजारदेखि एक लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्नसक्ने जनाइएको छ। साथै, लक्की ड्रमा हरेक हप्ता एक जनाले चार तोला सुनको एक्का तास जित्नसक्ने कम्पनीको भनाइ छ।
'बम्पर पुरस्कार विजेता उपभोक्ताले १२ तोला सुनको एक्का तास जितेर 'रेस फर द एस'को सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नुहुनेछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालभरका सबै यामाहा शोरुमहरुमा यो अफर उपलब्ध हुने एमएडब्लुका बजार प्रबन्धक राजु क्षेत्रीले जानकारी दिए। 'हामी सधैं उपभोक्ताहरुका लागि उत्साहजनक योजना तथा सेवाहरु उपलब्ध गराउन तत्पर रहन्छौं। यसै सन्दर्भमा यसपटक वर्तमान सन्दर्भकै सबैभन्दा राम्रो उपहार योजना हामीले उपभोक्ताहरुसमक्ष पेस गरेका छौं। यो योजनाबाट हाम्रा उपभोक्ताहरु लाभान्वित हुनुहुनेछ भन्ने विश्वास लिएका छौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।