काठमाडौं– डिएफएसकेको लागि नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले दशैं तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै ग्राहकमैत्री स्कीम सार्वजनिक गरेको छ।
नजिकिँदै गरेको दशैं, तिहार, नेपालसम्बत र छठ पर्वको अवसर पारेर कम्पनीले आफ्नो ग्लोरी आई अटो एसयूभीमा विशेष स्कीम सार्वजनिक गरेको हो।
उत्कृष्ट एआई टेक्नोलोजी प्रयोग भएको डिएफएसके ग्लोरी आई अटो किन्न चाहने ग्राहकले १५ लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी चढ्न सक्ने कम्पनीले जनाएको छ।
साथै, कम्पनीले ३ लाख ५० हजारसम्म नगद छुट, ५० हजार एक्स्चेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर छुट समेत दिनेछ। नगद छुट लिन नचाहने ग्राहकले इलेक्ट्रिक स्कुटर लिन चाहेमा याडिया ब्राण्डको प्रिमियम इलेक्ट्रि स्कुटर सि१एस वा जी ५ वा इलेक्ट्रिक माउन्टेन बाइकमध्ये एउटा छनोट गर्न सक्ने छन्। उक्त स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ।
डिएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले भने १० लाख रुपैयाँ डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन्। कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ। नगद छुटको सट्टा याडियाको स्कुटर वा माउन्टेन बाइक लिन सक्ने बताइएको छ। यो स्कुटर र माउन्टेन बाइकको मूल्य २ लाख ५० हजार बराबर हुने छ।
ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्स्चेन्ज बोनस, एक वर्षको वार्षिक कर जस्ता छुट प्रदान गर्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।