काठमाडौं- नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले हिन्दूहरूको चाड दसैंको उपलक्ष्यमा ‘दसैंको बेला हिरोको मेला’ नयाँ योजना ल्याएको छ।
यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले छ हजार रूपैयाँ पक्का छुट, स्क्र्याच कार्डमार्फत् एक लाख रूपैयाँसम्म पाउनसक्ने र बम्पर लक्की ड्रमार्फत् एक जनाले एक लाख रूपैयाँ नगद पाउने कम्पनीले जनाएको छ।
साथै, सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधा उपलब्ध रहेको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।