काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैं-तिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, एक वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत् ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ। साथै, क्लियरेन्स मोडलमा विशेष छुटको व्यवस्था रहेको जनाएको छ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुने कम्पनीले जानकारी दिएको छ। सुजुकीका विभिन्न मोडलका कारहरुमा फरक-फरक छुट लागू हुने छन्।
सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडलहरु बिक्री वितरण गर्दै आएको छ।
यो योजना सीमित अवधिका लागि जारी गरिएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।