काठमाडौं- दशैं तिहारलाई लक्षित गरेर बर्जर पेन्ट्सले ‘बर्जर फेस्टिभ राइड’ योजना सार्वजनिक गरेको छ। बर्जर पेन्ट्सको यो योजना भदौं १५ गतेबाट शुरु भएको छ।
यस योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्रान्डहरुको खरीदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट् पक्का उपहार प्राप्त गर्नेछन्। यसमा एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफ जेड २५ मोटरसाइकल जित्न सक्नेछन्।
यसैगरी, अन्य आकर्षक उपहारहरु एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कूटर, २ जनालाई सामसङ एस२१ मोबाइल र ५० जनालाई सामसङ एम ०२एस मोबाइलहरू प्रदान गरिने कम्पनीले जनाएको छ।
यसका साथै योजनामा उपभोक्ताहरूले रँगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेभसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगितामा सहभागिता जनाउन पनि सक्नेछन्। यसरी सहभागी भएका प्रतियोगीहरु मध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गर्ने पनि कम्पनीको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।