काठमाडौं- चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले दक्षिणासहितको 'दसैं-दक्षिणा' योजना ल्याएको छ। यही भदौ १७ गतेबाट सुरु भएको यस योजना चाडपर्वको अवधिभर निरन्तर रहने कम्पनीले जानकारी दिएको छ।
यस योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा एक लाखदेखि छ लाख रुपैयाँसम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्ने जनाइएको छ। जसअन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजारदेखि दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप प्राप्त गर्न सक्ने छन्। यसैगरी पूरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकका लागि यस योजनामा ५० हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ।
'प्रोटोन 'दसैं-दक्षिणा' योजनाअन्तर्गत ग्राहकले आकर्षक ब्याजदरसहितको किस्तावन्दीमा पनि सवारी खरिद गर्न सक्ने छन्, जसका लागि शंकर ग्रुपअन्तर्गतको जगदम्बा सेभिङ एण्ड क्रेडिट को-ओपरेटिभ लिमिटेडले इन-हाउस फ़ाइनेन्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ। यी सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले बिभिन्न पाठ्पूर्जा तथा चाहिने उपकरणहरु समेत सित्तैमा प्राप्त गर्ने छन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन सागाको सुरुआती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ राखिएको छ भने प्रोटोन एक्स७० को सुरुआती मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा उपलब्ध हुने कम्पनीले जनााएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।