• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बुधबार दिनभरका प्रमुख समाचार (नेपाल लाइभ डायरी- २०७८ वैशाख १५)

64x64
नेपाल लाइभ बुधबार, वैशाख १५, २०७८  २३:१३
1140x725

काठमाडौं- बुधबार नेपाल लाइभमा गण्डकी प्रदेश सभा बैठक, मुद्दा फिर्ता लिने सरकारको निर्णय र कोरोना संक्रमण सम्बन्धी सामग्रीहरु नै प्राथमिकतामा रहे।  

कोरोना महासंकटका बेला ‘राजनीतिक संकट’को रमितादेखि कोरोनाविरुद्धको खोप लगाउने कार्य रोकिएका समाचारले स्थान पाए। 

यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावसँग सम्बन्धित विषयले पनि दिनभर स्थापन पाए।  नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू, कोरोनाको हटस्पट बनेको बाँकेको खजुरा गाउँपालिकाकी उपाध्यक्षको चिन्ताका विषय प्राथमिकताका साथ प्रकाशित भए। 

यसैगरी, सरकारले मधेश आन्दोलनका १२० जनामाथि लगाएको मुद्दा फिर्ता लिन गरेको निर्णय र टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेमश चौधरी र उक्त घटनामा जोडिएकाहरुको मुद्दा यथास्थितिमा फिर्ता लिन नमिल्ने महान्यायाधिवक्ता रमेश बडालको भनाइलगायतका सामग्री प्रकाशित भए।

बुधबार नेपाल लाइभमा प्रकाशित केही मुख्य समाचारहरु यसप्रकार छन्:

‘राजनीतिक संकट’को रमिता!

कोरोना संक्रमण व्यवस्थापनका दृष्टिबाट नेपाल भने एक वर्ष पछि पनि उहीँ छ। किनभने, यो बीचमा सरकारले कोरोना संक्रमणमा केन्द्रित रहेर खास काम गरेन। अन्य राजनीतिक दलले पनि त्यता केन्द्रित हुन सरकारलाई झकझक्याएनन्। बरू गएको वर्ष यही समयमा सुरू भएको सत्ताकेन्द्रित राजनीति गिजोलिँदै गएको छ।

कोरोना कहरबाट केही मुक्ति पाएको समयमा आगामी लहरका लागि तयारी गर्नुपर्ने बेला देशमा राजनीतिक संकट गहिरिँदै गएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे। त्यसको बचाऊ र विरोधका गतिविधि कसरी भए? सबैलाई अवगत नै छ। ती भेला-जुलुसका कारण नियन्त्रणमा आउँदै गरेको कोरोनाले फैलिने अवसर त पायो नै, समाजमा गलत  सन्देश प्रवाह गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

सम्बन्धित समाचारः

बेहालमा बेपर्वाह राजनीति : कोरोना महासंकटका बेला ‘राजनीतिक संकट’को रमिता!

निषेधाज्ञासँगै बढे उपत्यका छाड्नेहरू [तस्बिरसहित]

कोरोना हटस्पट खजुरा : गाउँपालिका उपाध्यक्ष भन्छिन्- ‘संयमित हुन नसके अवस्था भयावह हुनसक्छ’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मास्क नलगाइ हिँड्ने ३० हजार बढीलाई राखियो होल्डिङ जोनमा

० ० ० 

सांसद नै वेपत्ता भएपछि...

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सत्ता संकटमा परेको र त्यससँग जोडिएका विषयले बुधबार प्राथमिकता पाए। 

गण्डकी प्रदेश सभामा मतदान हुन समयमा सांसद नै वेपत्ता भएपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको छ।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध परेको अविश्वास प्रस्तावमा बुधवार मुख्यमन्त्री र सत्ता पक्षका सांसदहरुले बोलेका थिए। आजै बिहान पीसीआर परीक्षण गर्दै मतदान गर्ने कार्यक्रम रहेको थियो। बिहान तीन जना सांसदको कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो।

उनीहरुलाई अलग्गै राखेर छलफल अघि बढेको थियो। मंगलबारको बैठक शुरु हुने बित्तिकै सत्तारुढ एमालेका सांसद्हरु उठेका थिए। त्यसपछि सभामुखको समय लिएर बोलेका राजीव पहारीले सांसद्हरुको कोरोना परीक्षण नगरी बैठक सञ्चालन गरिएको भन्दै असन्तुष्टि जनाएपछि आज परीक्षण गरिएको थियो। मुख्यमन्त्री  गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभा बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ।

दोस्रो बैठकमा मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावमा उठेका प्रश्नमाथि जवाफ दिने र मतदान गर्ने कार्यक्रम थियो। तर, निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका एक जना सांसद् खिमविक्रम शाही अनुपस्थित रहेका थिए। त्यसपछि राजमोकी सचेतक पियारी थापाले सदन रोक्न माग गर्दै सभामुखलाई निवेदन दिएकी थिइन्। सोही आधारमा सभामुखले बैठक स्थगित गरिदिएका हुन्।
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगीत
गण्डकी प्रदेश : सांसद शाहीको जीवन रक्षाको माग गर्दै जनमोर्चाले दियो सभामुखलाई निवेदन 
सिंहदरबारमा सल्काइएको भुसको आगोको प्रभाव गण्डकी प्रदेशमा पनि परेको छ : पियारी थापा
कुनै दलको पक्षपोषण गरेर सभामुखले आफूखुशी बैठक स्थगित गर्नुभयो : एमाले

० ० ०
सरकारले फिर्ता लियो १२० जनाको मुद्दा 
सरकारले जसपाका नेता कार्यकर्तासहित १२० जनाको मुद्दा फिर्ता लिएको छ। महान्यायाधिवक्ता कार्यालयको रायपछि मन्त्रिपरिषदको बैठकले मुद्दा फिर्ता लिएको हो। सरकारको यो कदमको जसपाले स्वागत गरेको छ।
सम्बन्धित समाचारः
यी हुन् मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिएका व्यक्तिहरू (सूचीसहित) 
विप्लवका सबै मुद्दा फिर्ता हुँदैनन् : महान्यायाधिवक्ता बडाल
महान्यायाधिवक्ता बडाल भन्छन्– रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिन मिल्दैन

१८२  जना जनप्रतिनिधिविरुद्ध फौजदारी मुद्दा, वडाध्यक्ष मात्रै ११९ 
० ० ०
१२ जिल्लामा कोरोनाका सक्रिय संक्रमित ५०० नाघे 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित देशभरका १२ जिल्लामा कोरोना संक्रमण उच्च दरमा फैलिरहेको छ। 
सक्रिय कोरोना संक्रमित ५०० भन्दा धेरै भएका जिल्लाको संख्या १२ पुगेको छ। थप १० जिल्लामा दुई सय भन्दा धेरै संक्रमित पुगेका छन्।  
पाँच सय भन्दा धेरै संक्रमित रहेको जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, पर्सा, बाँके, कास्की, दाङ, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन्। 

२ सय सक्रिय संक्रमित रहेका जिल्लामा सुनसरी, झापा, बारा, धनुषा र मकवानपुर छन्।  यस्तै, काभ्रेपलान्चोक, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुरमा पनि सक्रिय संक्रमितको संख्या २ सय पुगेको छ।
सम्बन्धित समाचार  

यी हुन् सक्रिय संक्रमित ५०० पुगेका १२ जिल्ला 
चिनियाँ खोप लगाउने अभियान तत्काललाई स्थगित

० ० ० ० ० ०
कर्णाली प्रदेशमा फ्लोर क्रस गरेका तीन मन्त्रीले दोस्रो पटक लिए सपथ 
कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बहुमत पु¥याउन ‘फ्लोर क्रस’ गरेर साथ दिएका तीन मन्त्रीको पुनः शपथ गराइएको हो।

मन्त्रीहरू अम्मरबहादुर थापा, नन्दसिङ बुढा, र कुर्मराज शाहीलाई प्रदेश प्रमुख गोविन्द कलौनीले बुधबार वीरेन्द्रनगरमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। त्यस्तै बुधबार नै बागमती प्रदेशमा सरकार विस्तार भएको छ। मुख्यमन्त्री डोरमणी पौडेले रिक्त रहेको मन्त्री पदमा नयाँ मानिसलाई नियुक्ति गर्दै सपथ गराएका छन्।  
सम्बन्धित समाचार  
कर्णालीमा ‘फ्लोर क्रस’ गरी मन्त्री बनेकाले पुनः शपथ लिए
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री र १ राज्यमन्त्री थपिए
बागमती प्रदेश सरकारमा पहिलोपटक महिला मन्त्री 

० ० ० ० ० ०
अक्सिजन सिलिण्डर कर छुट 
सरकारले अक्सिजन सिलिण्डर लगायत जीवनदायक मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ। कोरोना संक्रमितको उपचारमा आवश्यक अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो।  अर्थ मन्त्रालयको प्रस्तावमा वैशाख १३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जीवनदायक अक्सिजन सिलिण्डरलगायत मालवस्तुको आयातमा कर छुट दिने निर्णय गरेको थियो। उक्त निर्णय बुधबार सार्वजनिक गरिएको हो।

कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढेसँगै अक्सिजन सिलिण्डरको अभाव देखिएको छ। चिकित्सकहरुका अनुसार अहिले संक्रमित भई अस्पतालमा भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्ने देखिएको छ। त्यही कारण अक्सिजन सिलिण्डरको माग बढेको हो।
सम्बन्धित समाचार 
अक्सिजन सिलिण्डरमा कर छुट दिने सरकारको निर्णय

० ० ० ० ० ०
माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित खड्का पदमुक्त
नेकपा (माओवादी केन्द्र)का तर्फबाट राष्ट्रिय सभामा निर्वाचित सांसद चन्द्रबहादुर खड्का पदमुक्त भएका छन्। नेकपा विभाजनसँगै एमाले प्रवेश गरेका उनलाई कारबाही गरेको पत्र माओवादी केन्द्रले संसद् सचिवालयमा बुझाएको थियो।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले बुधबार सूचना जारी गर्दै खड्का पदमुक्त भएको जानकारी गराएका हुन्। 
माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित खड्का पदमुक्त

 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  २३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्... मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्