काठमाडाैं- सरकारले सरकारवादी मुद्दा लागेका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ। यसमा अधिकांश जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ता रहेका छन्।
हालै बसेको मन्त्रिपरिषद् बैठकले सरकार वादी भइ दर्ता भएका १५ थान मुद्दामा प्रतिवादी बनाइएका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको हो।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको सरकार प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए।
मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले बताए।
मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सरकारले महान्यायाधिवक्ता कार्यालयमा पठाउनेछ। महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित जिल्ला अदालतमा मुद्दा फिर्ताको निवेदन दिनेछ।
जिल्ला अदालत सन्तुष्ट भएमा मुद्दा फिर्ता हुनेछ। अदालतले अस्वीकार गरेमा मुद्दा फिर्ता हुने छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासँग सत्ता साझेदारीका लागि मधेश आन्दोलन र टीकापुर घटनामा संलग्नहरूको मुद्दा फिर्ता लिने बताएका थिए।
यी हुन् मुद्दा फिर्ता लिइएका व्यक्तिहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।