काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री पौडेलले ३ जना मन्त्री र १ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। विस्तारित मन्त्रपरिषद्मा केशवराज पाण्डेले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन्। पाण्डे नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत हुन्।
यस्तै, सरेश नेपालले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय, सरस्वती बस्नेतले सामाजिक विकास मन्त्रालय र डा. रामकुमार अधिकारीले सामाजिक विकास राज्यमन्त्रीको सपथ लिएका छ्न्।
तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका तीन मन्त्रीले राजीनामा दिएपछि खालि रहेको मन्त्रालयमा मन्त्री नियुक्त गरिएको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटनमन्त्री अरुण नेपालले पुस १० गते सामूहिक राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।