काठमाडौं- कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका कैदी सन्तोष जलारी पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।
जलारी २०८३ असोज ३१ गते राति जिल्ला कास्की कारागारबाट फरार भएका थिए। त्यसपछि प्रहरीले उनको खोजी गरेको थियो ।
प्रहरी टोलीले मंगलबार पोखरा महानगरपालिकास्थित पृथ्वीचोकमा रहेको न्यू झरना गेस्ट हाउसमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको बताइएको छ ।
उनी कारागारबाट भागेको चार दिनमै फेरि कारागारमै पुगेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।