काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरा झोरास्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार दिउँसो १२:४० बजे गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना.७ त ५३२५ नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २९ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। उनको नामथर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर, गाईघाट पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले दिउँसो १:३० बजे उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव अस्पतालमै राखिएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।