• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना हटस्पट खजुरा : गाउँपालिका उपाध्यक्ष भन्छिन्- ‘संयमित हुन नसके अवस्था भयावह हुनसक्छ’ 

64x64
नेपाल लाइभ बुधबार, वैशाख १५, २०७८  १६:०४
1140x725

काठमाडौं- बाँकेमा कोरोना संक्रमितको संख्या अहिले उकालो लागिरहेको छ।  लुम्बिनी प्रदेशकै धेरै संक्रमित भएको जिल्लाको रुपमा बाँके देखिएको छ। बाँकेमा मंगलबार मात्र १८४ जना संक्रमित थपिएका छन्। 

यो सँगै २६४४ जना सक्रिय  भएका छन्। यीमध्ये ३०१ जना लक्षणसहितका संक्रमित रहेका छन्। उनीहरूलाई आइसोलेनमा राखिएको छ। बाँकेको धेरै प्रभावित क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका अग्रपंक्तिमा देखिएको छ। 

बाँकेका ८ स्थानीय तहमध्ये सबैमा संक्रमित देखिएका छन्। यसरी संक्रमित सबै क्षेत्रमा पुग्नुमा भारतसँगको सीमा जोडिनुलाई प्रमुख कारण मान्छन् स्थानीय तहका जनप्रतिनिधिहरू। प्रभावितमध्येको एक क्षेत्र खजुरा गाउँपालिका पनि हो। खजुरा गाउँपालिकामा हालसम्म ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाले ज्यान गुमाएका छन्।

नयाँ भेरियन्टको संक्रमणसँगै यो गाउँपालिकामा मंगलबारसम्म १४९ जना संक्रमित थपिएका छन् भने ५ जनाले ज्यान गुमाएका छन्। पहिलो लहरमा ३ जनाले मात्र ज्यान गुमाएका थिए। दोस्रो लहर शुरु भएको छोटो अवधिमै धेरै गम्भीर प्रकारका संक्रमित फेला परेको र भारतबाट नेपाल आएका ३ जना र समुदायमा संक्रमण फैलिएर २ जनाले ज्यान गुमाएको उपाध्यक्ष  एकमाया विकले बताइन्। 

एकैपटक गम्भीर संक्रमित फेला परे 
उपाध्यक्ष विकका अनुसार अघिल्लो महिनासम्म सामान्यतिर गइरहेको गाउँपालिकाको अवस्था अहिले जटिलतातर्फ उन्मुख छ। कोरोनाको पहिलो लहर समाप्त भएर सामान्य दैनिकीमा फर्केको खजुरामा भारतमा एक्कासी बढेको संक्रमणको प्रभाव परेको उनले बताइन्। अघिल्लोपटक सामान्य रुघाखोकी र ज्वरो मात्र देखिने गरेकोमा योपटक धेरै गम्भीर खालका बिरामी देखा परेको उमपेयर विक बताउँछिन्। 

गाउँपालिकाले बनायो ६० बेडको आइसोलेन 
गम्भीर प्रकारका संक्रमित देखा पर्न थालेपछि गाउँपालिकाले ६० बेडको आइसोलेन सेन्टर निर्माण अघि बढाएको छ। बिरामी बढ्दै गएको र सबैलाई भेरी अस्पताल पठाउन सम्भव नभएकाले गाउँपालिकाको आफ्नै आइसोलेन बनाएको उनले बताइन्।

उनका अनुसार गाउँपालिकाले वडा १ मा १० बेडको र पालिकास्तरीय ५० बेडको आइसोलेन सेन्टर सञ्चालनको तयारी गरेको छ। हालैमात्र भेरी अस्पतालले एक जना चिकित्सक पठाएको र अब दैनिक रुपमा संक्रमितको उपचार हुने उपाध्यक्ष विकले नेपाल लाइभलाई बताइन्।

पालिकास्तरीय आइसोलेलनका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सहयोग लिइएको छ। गाउँपालिकाले बनाएको आइसोलेनमा अहिलेसम्म संक्रमित राखिनसकेको भन्दै उनले अब चिकित्सक आएकाले शुरु हुने बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘अक्सिजनको आवश्यकता परेका बिरामीलाई गाउँपालिकाको आइसोलेसनमा राख्ने, गम्भीर भएमा भेरी अस्पताल पठाउने तयारी गरेका छौ्र’ उनले भनिन्, ‘अहिलेसम्म सबै संक्रमित होमआइसोलेनमा रहेका छन्। अब लक्षण देखिएकाहरूलाई पालिकाको आइसोलेनमा ल्याउने छौं।’ 

योपटक कन्ट्याक्ट ट्रेसिङ नगरिने
अघिल्लो पटक गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङ गरेपनि योपटक यस्तो अभियान नभएको उनले बताइन्। ‘अहिले कन्ट्याक्ट ट्रेसिङ छैन। शंका लागेका व्यक्तिहरूलाई भेरी अस्पतालमै पठाएर पीसीआर परीक्षण गराउने गरेका छौं’ उनले भनिन् ‘तर, अब बढ्दै जाने भएकाले पालिकामै स्वाब संकलनको काम थाल्ने तयारी गरेका छौं।’  अवस्था थप जटिल भएमा क्यान्सर अस्पतालमा जनशक्ति प्रयोग गरेर स्वाब संकलन गर्ने छलफल चलिरहेको उनले बताइन्। 

रुघाखोकी र ज्वरोका बिरामी बढे 
पालिकाभित्र रुघाखोकी र ज्वरोका बिरामी दैनिक रूपमा वृद्धि भएकाले जोखिम नजिकै रहेको अनुमान आफूहरूले गरेको उनले बताइन्। ‘रुघाखोकी र ज्वरोको बिरामी धेरै देखिएको छ। सुरक्षित भएर घरमै बस्न आग्रह गरेका छौ्र’ उनले भनिन् ‘अब परीक्षण गर्दै संक्रमित र संक्रमित नभएका व्यक्तिहरू अलग गर्दै लैजान्छौं।’ 

गाउँपालिकाले अहिले कोरोना पोजेटिभ भएका व्यक्तिहरूसँग नियमित सम्पर्क गरिरहेको छ। पालिकाले महिला स्वयंसेविका र जनप्रतिनिधिहरूलाई यसको जिम्मेवारी दिएको उनले बताइन्। ‘जनप्रतिनिधिहरूले गाउँमा नयाँ व्यक्तिको प्रवेशदेखि संक्रमित भएका व्यक्तिहरूको अवस्था अनुगमन गरि पालिकामा जानकारी गराउने गर्नु भएको छ’, उनले भनिन् ‘महिला स्वयंसेविकाहरूलाई संक्रमितको स्वास्थ्य अवस्थाको रिपोर्ट बनाउनेदेखि अस्पतालसम्म लैजान सहयोग गर्ने जिम्मेवारी दिइएको छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खुला सीमाका कारण भित्रियो कोरोना 
पालिकाको १ नम्बर वडा भारतसँग खुला सिमाना जोडिएको र उक्त क्षेत्रबाट अघिल्लो लकडाउन खुलेसँगै संक्रमित भित्रिएको उनको बुझाइ छ। ‘सरकारले अघिल्लोपटक लकडाउन गर्दा पालिकामा संक्रमित थोरै मात्र थिए’ उनले भनिन् ‘जब खुल्ला भयो अनि भारतसँग सहज आऊजाऊ भयो। भारतका शहरहरूमा वृद्धि भएसँगै उता मजदूरी गर्न गएकाहरू फर्के। त्यसले कोरोना समुदायसम्मै फैलियो।’ 

निषेधाज्ञा पालना गरिदिन आग्रह  
जिल्ला प्रशासन कार्यालय बाँकेले संक्रमण दर बढेसँगै जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। मंगलबार रातिबाट निषेधाज्ञा जारी गरेकाले अब संक्रमण केही रोकिने आश गर्न सकिने गाउँपालिका उपाध्यक्ष विकले बताइन्। पालिकाले अहिले सीमा सुरक्षाकर्मीसँग सहकार्य गरेर नाकामा कडाई गरिरहेको छ। नाकाबाट भित्रने मानिसहरूलाई परीक्षण गरेर मात्र पठाउने अनि पोजेटिभ देखिएमा पालिकाको आइसोलेनमा राख्ने व्यवस्था मिलाएको उनले बताए।  

भोलि भयावह अवस्था नहोस् भनेर अहिले निषेधाज्ञा गरिएकोले अब जनताले पनि बुझेर यसलाई रोक्न सहयोग गर्नुपर्ने उनले बताइन्। 

‘भारतीय मानिस यता आउने, यताका मानिस उता जाने कार्यलाई नियन्त्रण नगरी नहुने भएकाले निषेधाज्ञाले केही संक्रमण रोक्न सक्छ’, उनले भनिन्, ‘एक हप्ताको अवस्था हेरेर पालिकाले फेरि के गर्ने निर्णय गर्ने छ।’ 

परीक्षणको दायरा वृद्धि गर्नका लागि जिल्ला प्रशासनसँग समन्वय गरिरहेको उनले बताइन्। संघ र प्रदेशबाट सहयोग मागिएको भन्दै उनले अब सबैको सहयोगमा नियन्त्रण गनुपर्ने अवस्था आएको उनले बताइन्। 

सहयोगका लागि नागरिकसँग आग्रह 
उपाध्यक्ष विकले जनतालाई एकदमै जरुरी कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेकी छन्। अनावश्यक रुपमा भीड नगरिदन उनको आग्रह छ। विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड पालना गर्न आग्रह गर्दै उनले  सकेसक्म आफ्नै घरमा बस्न र मास्क लगाएर मात्र भेटघाट गर्न आग्रह गरिन्। ‘७० प्रतिशत संक्रमण मापदण्ड पालना गरेमा घट्न सक्ने भएकाले गाउँका सबै मानिसलाई यसको ख्याल गर्न आग्रह गर्दछु’, उनले भनिन्, ‘आफू र आफन्त सबैको स्वास्थ्यको ख्याल गरौं।’ 

स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि चुनौती 
अहिले स्वास्थ्यकर्मीहरू नै संक्रमित हुन थालेपछि समस्या देखा परेको उनले बताइन्। पालिकामा सीमित स्वास्थ्यका कर्मचारी भएको र उनीहरू नै संक्रमित हुँदा समस्या भएको उनले बताइन्। गाउँपालिकाका एक÷दुई जना कर्मचारीलाई नै संक्रमण देखा परेको उनले बताइन्।  

गाउँ–गाउँमा स्वास्थ्य अवस्था जानकारी लिनेदेखि औषधि वितरणसम्म जाने जनशक्तिको अभाव हुने अवस्था आउने डर रहेको उनले बताइन्।

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्