• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना हटस्पट खजुरा : गाउँपालिका उपाध्यक्ष भन्छिन्- ‘संयमित हुन नसके अवस्था भयावह हुनसक्छ’ 

64x64
नेपाल लाइभ बुधबार, वैशाख १५, २०७८  १६:०४
1140x725

काठमाडौं- बाँकेमा कोरोना संक्रमितको संख्या अहिले उकालो लागिरहेको छ।  लुम्बिनी प्रदेशकै धेरै संक्रमित भएको जिल्लाको रुपमा बाँके देखिएको छ। बाँकेमा मंगलबार मात्र १८४ जना संक्रमित थपिएका छन्। 

यो सँगै २६४४ जना सक्रिय  भएका छन्। यीमध्ये ३०१ जना लक्षणसहितका संक्रमित रहेका छन्। उनीहरूलाई आइसोलेनमा राखिएको छ। बाँकेको धेरै प्रभावित क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका अग्रपंक्तिमा देखिएको छ। 

बाँकेका ८ स्थानीय तहमध्ये सबैमा संक्रमित देखिएका छन्। यसरी संक्रमित सबै क्षेत्रमा पुग्नुमा भारतसँगको सीमा जोडिनुलाई प्रमुख कारण मान्छन् स्थानीय तहका जनप्रतिनिधिहरू। प्रभावितमध्येको एक क्षेत्र खजुरा गाउँपालिका पनि हो। खजुरा गाउँपालिकामा हालसम्म ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाले ज्यान गुमाएका छन्।

नयाँ भेरियन्टको संक्रमणसँगै यो गाउँपालिकामा मंगलबारसम्म १४९ जना संक्रमित थपिएका छन् भने ५ जनाले ज्यान गुमाएका छन्। पहिलो लहरमा ३ जनाले मात्र ज्यान गुमाएका थिए। दोस्रो लहर शुरु भएको छोटो अवधिमै धेरै गम्भीर प्रकारका संक्रमित फेला परेको र भारतबाट नेपाल आएका ३ जना र समुदायमा संक्रमण फैलिएर २ जनाले ज्यान गुमाएको उपाध्यक्ष  एकमाया विकले बताइन्। 

एकैपटक गम्भीर संक्रमित फेला परे 
उपाध्यक्ष विकका अनुसार अघिल्लो महिनासम्म सामान्यतिर गइरहेको गाउँपालिकाको अवस्था अहिले जटिलतातर्फ उन्मुख छ। कोरोनाको पहिलो लहर समाप्त भएर सामान्य दैनिकीमा फर्केको खजुरामा भारतमा एक्कासी बढेको संक्रमणको प्रभाव परेको उनले बताइन्। अघिल्लोपटक सामान्य रुघाखोकी र ज्वरो मात्र देखिने गरेकोमा योपटक धेरै गम्भीर खालका बिरामी देखा परेको उमपेयर विक बताउँछिन्। 

गाउँपालिकाले बनायो ६० बेडको आइसोलेन 
गम्भीर प्रकारका संक्रमित देखा पर्न थालेपछि गाउँपालिकाले ६० बेडको आइसोलेन सेन्टर निर्माण अघि बढाएको छ। बिरामी बढ्दै गएको र सबैलाई भेरी अस्पताल पठाउन सम्भव नभएकाले गाउँपालिकाको आफ्नै आइसोलेन बनाएको उनले बताइन्।

उनका अनुसार गाउँपालिकाले वडा १ मा १० बेडको र पालिकास्तरीय ५० बेडको आइसोलेन सेन्टर सञ्चालनको तयारी गरेको छ। हालैमात्र भेरी अस्पतालले एक जना चिकित्सक पठाएको र अब दैनिक रुपमा संक्रमितको उपचार हुने उपाध्यक्ष विकले नेपाल लाइभलाई बताइन्।

पालिकास्तरीय आइसोलेलनका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सहयोग लिइएको छ। गाउँपालिकाले बनाएको आइसोलेनमा अहिलेसम्म संक्रमित राखिनसकेको भन्दै उनले अब चिकित्सक आएकाले शुरु हुने बताइन्।

Ncell 2
Ncell 2

‘अक्सिजनको आवश्यकता परेका बिरामीलाई गाउँपालिकाको आइसोलेसनमा राख्ने, गम्भीर भएमा भेरी अस्पताल पठाउने तयारी गरेका छौ्र’ उनले भनिन्, ‘अहिलेसम्म सबै संक्रमित होमआइसोलेनमा रहेका छन्। अब लक्षण देखिएकाहरूलाई पालिकाको आइसोलेनमा ल्याउने छौं।’ 

योपटक कन्ट्याक्ट ट्रेसिङ नगरिने
अघिल्लो पटक गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङ गरेपनि योपटक यस्तो अभियान नभएको उनले बताइन्। ‘अहिले कन्ट्याक्ट ट्रेसिङ छैन। शंका लागेका व्यक्तिहरूलाई भेरी अस्पतालमै पठाएर पीसीआर परीक्षण गराउने गरेका छौं’ उनले भनिन् ‘तर, अब बढ्दै जाने भएकाले पालिकामै स्वाब संकलनको काम थाल्ने तयारी गरेका छौं।’  अवस्था थप जटिल भएमा क्यान्सर अस्पतालमा जनशक्ति प्रयोग गरेर स्वाब संकलन गर्ने छलफल चलिरहेको उनले बताइन्। 

रुघाखोकी र ज्वरोका बिरामी बढे 
पालिकाभित्र रुघाखोकी र ज्वरोका बिरामी दैनिक रूपमा वृद्धि भएकाले जोखिम नजिकै रहेको अनुमान आफूहरूले गरेको उनले बताइन्। ‘रुघाखोकी र ज्वरोको बिरामी धेरै देखिएको छ। सुरक्षित भएर घरमै बस्न आग्रह गरेका छौ्र’ उनले भनिन् ‘अब परीक्षण गर्दै संक्रमित र संक्रमित नभएका व्यक्तिहरू अलग गर्दै लैजान्छौं।’ 

गाउँपालिकाले अहिले कोरोना पोजेटिभ भएका व्यक्तिहरूसँग नियमित सम्पर्क गरिरहेको छ। पालिकाले महिला स्वयंसेविका र जनप्रतिनिधिहरूलाई यसको जिम्मेवारी दिएको उनले बताइन्। ‘जनप्रतिनिधिहरूले गाउँमा नयाँ व्यक्तिको प्रवेशदेखि संक्रमित भएका व्यक्तिहरूको अवस्था अनुगमन गरि पालिकामा जानकारी गराउने गर्नु भएको छ’, उनले भनिन् ‘महिला स्वयंसेविकाहरूलाई संक्रमितको स्वास्थ्य अवस्थाको रिपोर्ट बनाउनेदेखि अस्पतालसम्म लैजान सहयोग गर्ने जिम्मेवारी दिइएको छ।’ 

खुला सीमाका कारण भित्रियो कोरोना 
पालिकाको १ नम्बर वडा भारतसँग खुला सिमाना जोडिएको र उक्त क्षेत्रबाट अघिल्लो लकडाउन खुलेसँगै संक्रमित भित्रिएको उनको बुझाइ छ। ‘सरकारले अघिल्लोपटक लकडाउन गर्दा पालिकामा संक्रमित थोरै मात्र थिए’ उनले भनिन् ‘जब खुल्ला भयो अनि भारतसँग सहज आऊजाऊ भयो। भारतका शहरहरूमा वृद्धि भएसँगै उता मजदूरी गर्न गएकाहरू फर्के। त्यसले कोरोना समुदायसम्मै फैलियो।’ 

निषेधाज्ञा पालना गरिदिन आग्रह  
जिल्ला प्रशासन कार्यालय बाँकेले संक्रमण दर बढेसँगै जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। मंगलबार रातिबाट निषेधाज्ञा जारी गरेकाले अब संक्रमण केही रोकिने आश गर्न सकिने गाउँपालिका उपाध्यक्ष विकले बताइन्। पालिकाले अहिले सीमा सुरक्षाकर्मीसँग सहकार्य गरेर नाकामा कडाई गरिरहेको छ। नाकाबाट भित्रने मानिसहरूलाई परीक्षण गरेर मात्र पठाउने अनि पोजेटिभ देखिएमा पालिकाको आइसोलेनमा राख्ने व्यवस्था मिलाएको उनले बताए।  

भोलि भयावह अवस्था नहोस् भनेर अहिले निषेधाज्ञा गरिएकोले अब जनताले पनि बुझेर यसलाई रोक्न सहयोग गर्नुपर्ने उनले बताइन्। 

‘भारतीय मानिस यता आउने, यताका मानिस उता जाने कार्यलाई नियन्त्रण नगरी नहुने भएकाले निषेधाज्ञाले केही संक्रमण रोक्न सक्छ’, उनले भनिन्, ‘एक हप्ताको अवस्था हेरेर पालिकाले फेरि के गर्ने निर्णय गर्ने छ।’ 

परीक्षणको दायरा वृद्धि गर्नका लागि जिल्ला प्रशासनसँग समन्वय गरिरहेको उनले बताइन्। संघ र प्रदेशबाट सहयोग मागिएको भन्दै उनले अब सबैको सहयोगमा नियन्त्रण गनुपर्ने अवस्था आएको उनले बताइन्। 

सहयोगका लागि नागरिकसँग आग्रह 
उपाध्यक्ष विकले जनतालाई एकदमै जरुरी कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेकी छन्। अनावश्यक रुपमा भीड नगरिदन उनको आग्रह छ। विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड पालना गर्न आग्रह गर्दै उनले  सकेसक्म आफ्नै घरमा बस्न र मास्क लगाएर मात्र भेटघाट गर्न आग्रह गरिन्। ‘७० प्रतिशत संक्रमण मापदण्ड पालना गरेमा घट्न सक्ने भएकाले गाउँका सबै मानिसलाई यसको ख्याल गर्न आग्रह गर्दछु’, उनले भनिन्, ‘आफू र आफन्त सबैको स्वास्थ्यको ख्याल गरौं।’ 

स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि चुनौती 
अहिले स्वास्थ्यकर्मीहरू नै संक्रमित हुन थालेपछि समस्या देखा परेको उनले बताइन्। पालिकामा सीमित स्वास्थ्यका कर्मचारी भएको र उनीहरू नै संक्रमित हुँदा समस्या भएको उनले बताइन्। गाउँपालिकाका एक÷दुई जना कर्मचारीलाई नै संक्रमण देखा परेको उनले बताइन्।  

गाउँ–गाउँमा स्वास्थ्य अवस्था जानकारी लिनेदेखि औषधि वितरणसम्म जाने जनशक्तिको अभाव हुने अवस्था आउने डर रहेको उनले बताइन्।

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित)
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
परराष्ट्रमन्त्री शर्माले लिए शपथ शुक्रबार, पुस ११, २०८२
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्