काठमाडाैं- कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बहुमत पुर्याउन ‘फ्लोर क्रस’ गरेर साथ दिएका तीन मन्त्रीको पुनः शपथ गराइएको हो।
मन्त्रीहरू अम्मरबहादुर थापा, नन्दसिङ बुढा, र कुर्मराज शाहीलाई प्रदेश प्रमुख गोविन्द कलौनीले बुधबार वीरेन्द्रनगरमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली पक्ष एमालेले सांसदबाट पदमुक्त गरेपछि तीन मन्त्रीलाई पुनः शपथ गराइएको हो। फ्लोर क्रस गर्नुअघि उनीहरू माधवकुमार नेपाल पक्षमा थिए। नेपाल पक्षका नेता प्रकाश ज्वालाले पनि फ्लोर क्रस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।