काठमाडौं– कोरोना संक्रमणको ग्राफ दैनिकजसो नै उकालो लागिरहेको छ। वुधबार मात्रै थप ४ हजार ७ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाले ज्यान गुमाएका छन्।
सोमबार थपिएका संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित देशभरका १२ जिल्लामा कोरोना संक्रमण उच्च दरमा फैलिरहेको छ।
सक्रिय कोरोना संक्रमित ५०० भन्दा धेरै भएका जिल्लाको संख्या १२ पुगेको छ। थप १० जिल्लामा दुई सय भन्दा धेरै संक्रमित पुगेका छन्।
पाँच सय भन्दा धेरै संक्रमित रहेको जिल्लामा काठमाडौ , ललितपुर, भक्तपुर, चितवन , मोरङ, पर्सा, बाँके, कास्की,दाङ,रुपन्देही,सुर्खेत र कैलाली रहेका छन्।
२ सय सक्रिय संक्रमित रहेका जिल्लामा सुनसरी, झापा, बारा, धनुषा र मकवानपुर छन्। यस्तै, काभ्रेपलान्चोक , पाल्पा, बर्दिया ,कपिलबस्तु र कञ्चनपुरमा पनि सक्रिय संक्रमितको संख्या २ सय पुगेको छ।
सरकारले पाँच सय भन्दा धेरै संक्रमित भएका शहर र मधेशका जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।
त्यस्तै, पहाडका जिल्लाहरुमा २ सय संक्रमित पुगेमा पनि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।