काठमाडौं- नेकपा (माओवादी केन्द्र)का तर्फबाट राष्ट्रिय सभामा निर्वाचित सांसद चन्द्रबहादुर खड्का पदमुक्त भएका छन्। नेकपा विभाजनसँगै एमाले प्रवेश गरेका उनलाई कारबाही गरेको पत्र माओवादी केन्द्रले संसद् सचिवालयमा बुझाएको थियो।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले बुधबार सूचना जारी गर्दै खड्का पदमुक्त भएको जानकारी गराएका हुन्।
‘दिनानाथ शर्माद्वारा लिखित पत्रका साथ संघीय संसद् सचिवालयमा मिति २०७८/१/१० गते सूचना प्राप्त भएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) बमोजिम राष्ट्रिय सभा सदस्य माननीय चन्द्रबहादुर खड्काको पद रिक्त हुन आएकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ’, राष्ट्रिय सभाका सचिव फुयालद्वारा प्रशारित सूचनामा भनिएको छ।
खड्का २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।