काठमाडाैं- सरकारले कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउने अभियान स्थगित गरेको छ।
स्वास्थ्य कार्यालय,काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बुधबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभर खोप अभियान स्थगित गरिएको जानकारी दिएका हुन्।
भेरोसेलको केही डोज मात्रै बाँकी रहेको भन्ने हल्ला फैलिएपछि पछिल्लो समय खोप लगाउन भीडभाड भइरहेको छ।
‘गत चैत्र २५ गतेदेखि आजसम्म निरन्तर रुपमा १८ देखि ५९ वर्षसम्मका व्यक्तिहरुलाई भेरोसिल खोप लगाइरहेको र आज दिउँसोको जानकारी अनुसार बिहीबारदेखि काठमाडौं जिल्लामा भेरोसेल खोप लगाउने कार्य स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि तत्कालका लागि रोकिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।