काठमाडाैं- बागमती प्रदेशको मन्त्रिमण्डलमा पहिलोपटक महिलाले समेत स्थान पाएका छन्। बुधबार सामाजिक विकास मन्त्रीको रुपमा सरस्वती बस्नेतले शपथ लिएसँगै प्रदेश सरकारमा महिलाको 'प्रवेश' भएको हो।
२०७४ सालमा प्रदेश मन्त्रिपरिषद् गठन हुँदा एकजना पनि महिला मन्त्री थिएनन्। दोलखाबाट प्रदेश सांसद रहेकी बस्नेतलाई बुधबार मन्त्री बनाइएको हो।
उनी झण्डै चार दशकदेखि राजनीतिमा क्रियाशील छन्। २०१९ सालमा दोलखामा जन्मिएकी उनी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिइन्। २०३७ देखि करिब ३० वर्ष शिक्षण पेशामा आवद्ध भई सेवा निवृत्त भएपछि उनी पूर्ण रुपमा एमालेको राजनीतिमा सक्रिय भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।