• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जनप्रतिनिधिको संलग्नता बलात्कारदेखि हत्यासम्मका अपराधमा, १८२ जनाविरुद्ध फौजदारी मुद्दा

64x64
नारायण अधिकारी बुधबार, वैशाख १५, २०७८  ०८:४८
1140x725

काठमाडाैं-

  • वैशाख ८ गते बलात्कारको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पक्राउ परे। धरानस्थित एक गेष्टहाउसमा युवतीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगी बलात्कार गरेको भन्दै एक युवतीले उजुरी दिएपछि उनी पक्राउ परे। सुनसरीका एसपी कमल थापाका अनुसार जबरजस्ती करणीको कसुरमा जिल्ला अदालत सुनसरीबाट म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको छ।
  • पश्चिम रूकुमको चौरजहारीमा छ जना युवाको ज्यान गएको घटनामा चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल नै संलग्न रहेको भन्दै पक्राउ परे। घटनाको मुख्य योजनाकारमध्ये वडाध्यक्ष मल्ल पनि एक रहेको प्रहरीको दाबी थियो। हाल पुर्पक्षका लागि उनी कारागारमा छन्।
  • सुदूरपश्चिम प्रदेशसभाका सांसद अक्कलबहादुर रावल २५ वर्षीया एक महिलालाई बलात्कार प्रयासको आरोपमा पक्राउ २०७६ फागुनमा पक्राउ परे। पछि जिल्ला अदालत कैलालीले उनलाई पाँच लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो। 
  • नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा संलग्न भएको आरोपमा गत असारमा ललितपुर महानगरपालिका-३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पक्राउ परे। नक्कली भान्जालाई वडाध्यक्ष महर्जनले सक्कली भनेर सिफारिस गरेका थिए। पछि उनी धरौटीमा रिहा भए।

सभ्य समाज निर्माणका ‘रोल मोडल’ मानिएका जनप्रतिनिधि नै अपराधमा संलग्न भएका यी प्रतिनिधि घटनामात्रै हुन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बलात्कार, बलात्कार प्रयास, अभद्र व्यवहार, बालयौन दुराचार, सार्वजनिक स्थानमा यौन क्रियाकलाप, आपराधिक उपद्रो, निर्दयी तरिकाले पशु मारेको, गर्भपतन, सरकारी छाप कीर्ते, सवारी ज्यान, झुटा विवरण पेस, नागरिकतासम्बन्धी कसुर बहुविवाह, ठगी, जातीय भेदभाव, लागुऔषध, चोरी तथा डाँका, हातहतियार, विस्फोटक पदार्थजस्ता कसुरमा जनप्रनिधिहरू संलग्न रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार यस्ता फौजदारी अपराधमा संलग्न हुने जनप्रतिनिधिको ग्राफ उकालो लाग्दो छ।

१८२ जनप्रतिनिधि पुगे प्रहरी हिरासत, वडाध्यक्षमात्रै ११९
नेपाल प्रहरीको तथ्यांकअनुसार हालसम्म १८२ जना जनप्रिनिधिविरुद्ध फौजदारी मुद्दा चलेको छ। जहाँ वडा सदस्यदेखि संघीय सांसदसम्म छन्। यसरी मुद्दा चलेकामध्ये केही धरौटीमा, केही तारिखमा रिहा भएका छन् भने केही पुर्पक्षका लागि कारागार नै चलान भएका छन्।

आर्थिक वर्ष २०७४/७५ मा ३३ जना जनप्रतिनिधिविरुद्ध फौजदारी अपराधमा प्रहरीले मुद्दा चलाएको थियो। उक्त आर्थिक वर्षमा प्रदेश १ मा वडाध्यक्ष र सदस्यसहित तीन जना, प्रदेश २ मा पाँच जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा चार जना, लुम्बिनी प्रदेशमा छ जना, कर्णाली प्रदेशमा तीन जना  र सुदूरपश्चिम प्रदेशमा दुई जना गरी ३३ जना जनप्रतिनिधिविरुद्ध फौजदारी मुद्दा चलाइएको नेपाल प्रहरीका एसएसपी वसन्तबहादुर कुवँरले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७५/७६ मा ३० जना जनप्रतिनिधिविरुद्ध मुद्दा चलेको प्रहरी तथ्यांक छ। जसमा प्रदेश १ का १३ जना, प्रदेश २ का नौ जना, बागमती प्रदेशका एक जना, गण्डकी प्रदेशका एक जना, लुम्बिनी प्रदेशका पाँच जना, कर्णाली प्रदेशका एक जना जनप्रतिनिधिविरुद्ध फौजदारी मुद्दा चलेको थियो।

आर्थिक वर्ष २०७६/७७ मा यो दर बढेर ७४ पुगेको छ। यो आर्थिक वर्षमा प्रदेश १ मा मेयर/उपमेयरसहित १९ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो। प्रदेश २ मा एक जना, गण्डकी प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ११ जना, कर्णालीमा १४ जना र सुदूरपश्चिम प्रदेशमा नौ जनाविरुद्ध मुद्दा चलेको थियो।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४५ जना जनप्रतिनिधिविरुद्ध मुद्दा चलेको एसएसपी कुवँरले बताए।

फौजदारी मुद्दा चलेका १८२ जना जनप्रतिनिधिमध्ये सबैभन्दा धेरै वडाध्यक्ष छन्। ११९ जना वडाध्यक्षविरुद्ध फौजदारी मुद्दा चलेको प्रहरीको तथ्यांक छ। प्रदेश १ मा ३०, प्रदेश २ मा १२, बागमतीमा १०, गण्डकीमा २२, लुम्बिनीमा १५, कर्णालीमा १७ र सुदूरपश्चिम प्रदेशमा १३ गरी ११९ जना वडाध्यक्षविरुद्ध फौजदारी मुद्दा चलेको हो।

अपराधको राजनीतिकरण भयो : अपराधशास्त्री प्रधानांग
हरेक वर्ष फौजदारी अपराधमा जनप्रतिनिधि पक्राउको दर बढ्दै जानुले अपराधको राजनीतिकरण भएको प्रस्ट बुझाउने अपराधशास्त्री रजितभक्त प्रधानांग बताउँछन्। ‘यस्तो पहिला-पहिला पनि हुन्थ्यो। बाहिर आउने क्रम मात्रै कम हुन्थ्यो। यसले अपराधको राजनीतिकरण भइरहेको छ भन्ने प्रस्ट बुझाउँछ,’ प्रधानांगले भने।

राजनीतिक शक्तिको आडमा आफूलाई सुरक्षित ठानेर यस्ता अपराध हुने गरेको उनको विश्लेषण छ। कुनै व्यक्ति आफू शक्तिमा रहेको र आफूलाई सुरक्षित ठानेको अवस्थामा यस्ता अपराध हुने उनको तर्क छ।

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्