काठमाडौं–आईसीसी विश्वकप २०२६ एसिया प्यासिफिक छनोट अन्तर्गत अन्तिम खेलमा सामोआविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
सामोआले टस जित्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । आज नेपालले आफ्नो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ ।
आजको खेलमा करण केसी, ललित राजवंशी र आरिफ शेखले स्थान बनाएका छन् । सन्दीप जोरा, आदिल आलम अन्सारी, सोमपाल कामी र कुशल मल्ललाई बेन्चमा राखिएको छ ।
नेपाल विश्वकपमा यसअघि नै पुगिसकेको छ । यता सामोआले पनि सुपर सिक्समा एक खेलमा पनि जित निकालेको छैन । नेपाल आजको खेल जित्दै उपाधि जित्न चाहन्छ । तालिकामा नेपाल अहिले पनि पहिलो स्थानमा छ । समान ८ अंक भएको ओमान दोस्रो र यूएई ६ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तो छ आजको प्लेइङ ११
कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, लोकेश बम, गुलशन झा, आरिफ शेख, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।