• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

द्वन्द्वोत्तर न्यायको सकस-७ : संकटमा आयोगको अस्तित्व, उल्झनमा ऐन

64x64
रामकुमार डिसी बिहीबार, भदौ १२, २०७६  ०५:५५
1140x725

काठमाडौं- न्यायको पट्यारलाग्दो पर्खाइमा रहेका सशस्त्र द्वन्द्वका पीडितले पाउने न्याय अझै अन्योलमा धकेलिएको छ।  

द्वन्द्वकालीन मुद्दा किनारा लगाउने उद्देश्यले ५ वर्षअघि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएका थिए तर अहिले ती दुवैको अस्तित्व संकटमा परेको छ। 

२०७१ सालमा गठन भएका दुवै आयोग गत चैत मसान्तदेखि पदाधिकारीविहीन छन्। आयोग खाली भएको ५ महिना बितिसक्दा पनि आयोगले नेतृत्व पाउन सकेकेको छैन। 

ऐन नै अन्योलमा
५ महिनादेखि आयोग त नेतृत्वविहीन छ नै त्यसलाई  मार्ग प्रशस्त गर्न चाहिने त्यस सम्बन्धी ऐन पनि अन्योलमा छ। 

संक्रमणकालीन न्याय सम्बन्धी सबै विषय आफू सिंगापुर जानुअघि नै टुंग्याउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ४ भदौमा सर्वदलीय र त्यसको भोलिपल्ट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेसका बैठक बोलाए।

बैठकले ऐन संशोधनको कामलाई अघि बढाउने र त्यसअघि सरोकारवाला र अन्तर्राष्ट्रिय समुदायसँग काठमाडौं र ७ वटै प्रदेशमा छलफल चलाउने निर्णय गर्‍यो। 

'दुवै आयोगका ऐनको संशोधनको मस्यौदामाथि सातै प्रदेशमा पीडितसँग छलफल समेत गरिनेछ,' बैठकबारे जानकारी गराउँदै नेकपाका उपनेता सुवास नेम्वाङले भनेका थिए, 'काठमाडौंमा अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल चलाउने सहमति भयो।'

नेपाल लाइभसँगको कुराकानीमा नेम्वाङले चाँडै त्यसलाई अघि बढाउने बताएका थिए। तर, त्यसको झन्डै दुई साता पुग्न लाग्दा पनि यसबारे कुनै पनि काम अघि बढाइएको छैन।  

Ncell 2
Ncell 2
nimb
nimb

त्यसको प्रगतिबारे बुझ्न उनै नेम्वाङसँग बुझ्दा उनले त्यसबारेमा 'वर्कआउट' भइरहेको बताए। 'त्यसको तयारीको सिलसिलामा एउटा साझा दस्तावेज बनाउनुपर्‍यो,' उनले भने, 'त्यसबारेमा 'वर्कआउट' भइरहेको छ। हामी आजभोलि नै बस्छौं। त्यसलाई टुंगोमा पुर्‍याएर प्रदेश जाने हो।'

त्यसका लागि प्राविधिक रुपमा काम गर्न सक्ने नेताहरु बस्ने उनले बताए। 'राजनीतिक तहमा पहिले धेरैपटक बैठक बसिसकेको छ,' नेम्वाङले भने, 'अब राजनीतिकभन्दा पनि टेक्निकल वर्कआउट गर्न सक्ने साथीहरु बसेर टुंग्याउँछौं।'

नेम्वाङले भनेको त्यो छिट्टै कहिले कहिले आउँछ भन्नेमा स्वयं द्वन्द्वपीडित नै शंका व्यक्त गर्छन्।  

द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरी विरोधको स्वर कम गर्नका लागि ऐन संशोधनका लागि मस्यौदा अघि बढाउने कुरा गरिएको दाबी गर्छन्। 'ऐनको संशोधन मस्यौदामा छलफल गर्नेबारे हामीसँग कुनै कुरा भएको छैन,' उनी भन्छन्, 'मस्यौदालाई अघि बढाउँछौं, छलफलमा लैजान्छौं भनेको चाहिँ विरोधको स्वरलाई घटाउनलाई होला।'

Xtrem

Xtrem

२०७१ मा सर्वोच्च अदालतले हात्या, बालात्कार जस्ता गम्भीर अपराधलाई द्वन्द्वकालीन मुद्दाकामा नाममा उन्मुक्ति नमिल्ने गरी ऐन संशोधन गर्न आदेश दिएको थियो।  

द्वन्द्वपीडितले भने ऐन संशोधन नै नगरी संक्रमणकालीन न्यायसम्बन्धी दुई अयोगमा पदाधिकारी नियुक्त नगर्न सरकारलाई पटक-पटक सेचत गराउँदै आएका छन्। 

आयोगमा पदाधिकारी नियुक्त गर्नुअघि सर्वोच्च अदालतले २०७१ मा दिएको आदेशअनुसार ऐन संसोधन गर्नुपर्ने उनीहरुको बटमलाइन छ।

सर्वोच्चको आदेश अनुसार आदेशपछि ऐन संशोधन गर्न केही प्रयास भए पनि विवादित भएपछि त्यो प्रयास बीचमै स्थगन भएको छ। एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले ऐन संशोधनका लागि भन्दै 'जिरो ड्राफ्ट' नाम दिएको एउटा संशोधन मस्यौदा तयार पारेको थियो। तर, मस्यौदा छलफलमा आउनेबित्तिकै विवादमा परेका थियो। 

उक्त प्रस्तावमा द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लंघनका घटनामा जेल जानु नपर्ने आसय लुकेको भन्दै पीडित र अन्तर्राष्ट्रिय समुदायबाट विरोध भएको थियो। 

'मिडिया ट्रायल' असफल भएपछि...
शान्ति प्रक्रियाको बाँकी रहेको विषय टुंग्याउन ४ भदौमा प्रधानमन्त्रीले बालुवाटरमा बोलाएको सर्वदलीय बैठकबाट मुख्यगरी नेकपा र कांग्रेसले एउटा प्रयोग गर्न चाहे। 

सायद सरोकारवाला द्वन्द्वपीडितको 'मुड' बुझ्न हुन सक्छ उनीहरुले सत्य निरुपण तथा मेलामिलाप आयोगका लागि पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ र बेपत्ता आयोगमा पुरानै पदाधिकारी अघि सारेको सूचना चुहाए। 

आयोगमा पदाधिकारी सिफारिस गर्न एकातिर सफारिस समिति बनेका बेला अर्कातिर दलहरुले त्यसको अवमूल्यन गर्दै 'आफ्नै पकेटका मान्छे' अघि सारेपछि द्वन्द्वपीडित मात्रै होइन राष्ट्रिय मानवअधिकार आयोगसम्मले बोल्नुपर्ने अवस्था आयो। 

पीडित र आयोगले दलको  निर्णयलाई सिधै अस्वीकार गरे। 

द्वन्द्वपीडित साझा चौतारीले न्यायको विपक्षमा उभिएका व्यक्तिलाई संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा ल्याउनु आयोग गठनको मान्यताविपरीत हुने भन्दै आपत्ति जनायो। श्रेष्ठ द्वन्द्वकालमा माओवादीको आरोपमा पक्राउ परेका थिए। 

त्यस्तै चौतारीले 'असक्षम भनी हटाइएका पुरानै पदाधिकारीहरु दोहोर्‍याउने' दलीय सहमतिप्रति पनि आपत्ति प्रकट गर्‍यो।

उत्ता  मानवअधिकार आयोगले भने दुई आयोगमा पदाधिकारी नियुक्त गर्ने प्रक्रिया निष्पक्ष नबनाए सिफारिस समितिबाटै बाहिरिने चेतावनी दियो। 

ती आयोगमा नाम सिफारिस गर्ने जिम्मेवारी कानुनद्वारा नै व्यवस्था गरिएको सिफारिश समितिको भएको  भन्दै आयोगले नियुक्त गर्ने प्रक्रिया निष्पक्ष नबनाए समितिमा रहेका आफ्ना प्रतिनिधि नै फिर्ता गर्नेसम्मको चेतावनी दियो। 

आयोगका तर्फबाट प्रकाश वस्ती समितिमा प्रतिनिधित्व गरिरहेका छन्। 

द्वन्द्वपीडित र आयोगले कडा आपत्ति जनाएपछि भोलिपल्ट बोलाएको नेकपा-कांग्रेसको बैठक नै प्रभावित भयो। आफूहरुले गरेको 'मिडिया ट्रयाल' असफल भएपछि आयोगमा पठाउने मान्छे छान्ने कामलाई दलहरुलाई  तत्कालाई त्यो स्थगन गर्नुपर्ने अवस्था आइलाग्यो। 

आफूहरुको काममा दलहरुले हस्तक्षेप गरेपछि सिफारिस समितिलाई पनि ननिको लागेको छ। समिति सदस्य प्रेमबहादुर खड्काको यो भनाइबाट त्यो झल्किन्छ। 'एकातिर सिफारिस समिति बसेको छ, अर्कातिर पोलिटिकल्ली यसौं गर्‍यौं, उसो गर्‍यौं भन्छन्,' उनको भनाइ छ, 'उनीहरुले जे भने त्यो गर्न गएकै होइन नि।'

गत ७ र ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले ती दुई आयोगमा रिक्त हुने पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय समिति बनाएको थियो।  

दलहरुको निरन्तरको हस्क्षेपका  कारण समितिले गठन भएको ६ महिनासम्म पनि आयोगका लागि सिफारिस गर्ने नाम सार्वजनिक गर्न सकेको छैन। 

अबको विकल्प के?
यसअघि दलहरुले आयोगका लागि दुई पात्र अघि सारेका थिए। नेकपाले वरिष्ठ अधिवक्ता गोविन्द बन्दी र कांग्रेसले अर्का वरिष्ठ अधिवक्ता सूर्य ढुंगेल।

बन्दीलाई विशेषगरि पूर्व एमाले पक्षले अघि सारेको थियो। पूर्व माओवादी पक्ष भने सुरुमा बन्दीप्रति त्यति सकरात्मक थिएन। बन्दी आफैले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर 'ब्रिफिङ' गरेपछि उनी पनि विश्वस्त बनेका थिए र नेकपामा एकमत बनेको थियो। 

सत्यनिरुपण तथा मेलमिलाप आयोग नेकपा आफैले राख्ने र बेत्तपा पारिएका व्यक्तिको छानबिन आयोग कांग्रेसलाई दिने र बाँकी सदस्यमा दुवै दलले ६० र ४० प्रतिशतको अनुपातिमा भागबण्डा गर्ने अनौपचारिक सहमतिमा दलहरु पुगेका थिए। 

तर, बन्दीका नाममा कांग्रेसले असहमति जनाएपछि दोस्रो विकल्पका रुपमा श्रेष्ठलाई अघि सारिएको थियो। तर, त्यो विकल्पले फेल खाएपछि अबको विकल्प के भन्ने प्रश्न उब्जिएको छ। 

द्वन्द्वपीडित र अन्तर्राष्ट्रिय समुदायको निरन्तरको दबाबलाई ख्याल गर्दा अब दलहरुबीच धेरै विकल्प छैन। 

द्वन्द्वपीडित समेत सकरात्मक भएका बन्दीलाई पुनः अघि सार्ने या उनीभन्दा उत्तम पात्र खोज्ने विकल्प नै दलहरु सामु छ। 

द्वन्द्वपीडित भने यो राष्ट्रको विषय भएको भन्दै यसमा हदैसम्मको लापरबाही गर्न नुहने बताउँछन्। 

'यो त हद भयो,' द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष चौधरी भन्छन्, 'यो सार्वजनिक सरोकारको विषय हो। यो कुनै पीडितसँग मात्रै नभएर राष्ट्रसंग जोडिएको विषय हो। त्यसैले यो सबैको दायित्व हो।'

उनले भनेझैं यसमा दलहरुले हदैसम्मको लापरबाही देखाउनुको साटो समयमै यसको सम्बोधन गर्ने विकल्प मात्रै सबैसामु छ।

यस शृंखलाका अरु स्टोरी

  • द्वन्द्वोत्तर न्यायको सकस-१ : सर्वोच्चले उल्ट्याउला ५ वर्षअघिको आफ्नै फैसला?
  • द्वन्द्वोत्तर न्यायको सकस-२ : संक्रमणकालीन न्यायमा यस्तो छ राजनीतिक मुड
  • द्वन्द्वोत्तर न्यायको सकस-३ : यसरी सत्ताको खेल बन्यो संक्रमणकालीन न्यायको मुद्दा
  • द्वन्द्वोत्तर न्यायको सकस-४ : संक्रमणकालीन न्यायमा घुसेको भू-राजनीति
  • द्वन्द्वोत्तर न्यायको सकस-५ : संक्रमणकालीन न्यायमा साना दलको सरोकार कति?
  • द्वन्द्वोत्तर न्यायको सकस-६ : संकट पार लाउने पात्रको खोजी

अरु पनि

  • खतरा उन्मुख शान्ति प्रक्रियाको ‘नेपाली मोडल’
  • संक्रमणकालीन न्याय : आफैं सल्टाउने कि विदेशीलाई ठाउँ दिने?
  • संक्रमणकालीन न्यायबारे अन्तरराष्ट्रिय समुदायको चासो, पीडितलाई केन्द्रमा राखेर समाधान खोज्न आग्रह
  • द्वन्द्वकालीन आयोगमा पदाधिकारी टुंग्याउँदै दल, सत्य निरुपणमा पूर्व-महान्यायाधिवक्ता श्रेष्ठको सम्भावना
  • द्वन्द्वकालीन मुद्दा टुंग्याउन दुवै आयोगको ऐन संसोधन गर्न सातै प्रदेशमा छलफल चलाइने
  • संक्रमणकालीन न्याय : आयोगका पदाधिकारी निष्पक्ष नियुक्त नभए सिफारिस समितिबाट बाहिरिने मानव अधिकार आयोगको चेतावनी
  • 'द्वन्द्वपीडितको विपक्षमा उभिएका व्यक्तिलाई आयोगमा ल्याउनु संक्रमणकालीन न्यायको मान्यताविपरीत'


 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  ०५:५५
  • #द्वन्द्वोत्तर
  • #न्याय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्