काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६८२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत १९, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ३८, हर्न निषेधमा १२, लेन क्रसमा ६, अवस्था ठिक नभएको १४, एकतर्फीमा ७ र अन्यमा ४८८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।