काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ।
फिफाले बुधबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७८ औं स्थानमा रहेको छ। नेपाल यसअघि १७७औं स्थानमै थियो।
दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ। १३८औं स्थानमा रहेको भारत नेपालभन्दा अघि रहेको स्थानमा छ। १७३औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ।
यस्तै‚ नेपालपछि बंगलादेश १८२औं स्थानमा रहँदा श्रीलंका तीन स्थान सुधार गर्दै १८४औं स्थानमा पुगेको छ। भुटान १९२औं स्थानमा रहँदा पाकिस्तान एक स्थान सुधार्दै १९७औं स्थानमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।