• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु

64x64
नेपाल लाइभ शुक्रबार, असोज २३, २०८३  ०७:२७
1140x725

सुर्खेत । हुम्लाको चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ । नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रमा जेसीबी परिचालन गरेर हिउँ हटाउन थालिएको हो। असोज १० गतेदेखि हिमपातका कारण अवरुद्ध सडक दुईदेखि तीन दिनभित्र सञ्चालनयोग्य बनाउने लक्ष्य राखिएको छ ।

कर्णाली करिडोरअन्तर्गत यारी–नारा लेक हुँदै हिल्सासम्मको सडकमा करिब १० किलोमिटर क्षेत्रमा हिउँ जमेको छ। लामो समयदेखि यातायात सेवा अवरुद्ध हुँदा हिल्सामा रहेका स्थानीय, होटल व्यवसायी तथा सरकारी कार्यालयका कर्मचारी प्रभावित भएका छन्। सडक खुलाउन हिउँ पन्छाउने काम सुरु भएपछि चीनको ताक्लाकोट क्षेत्रमा रहेका हुम्लाका नागरिकलाई समेत दसैँ–तिहारका बेला घर फर्किन सहज हुने अपेक्षा गरिएको छ ।

हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार नारा लेक क्षेत्रको ठाडो ढुङ्गामा जमेको हिउँ पन्छाउने काम बुधबार बिहानदेखि सुरु गरिएको हो। अहिले यारी क्षेत्रबाट नारा लेकतर्फ हिउँ हटाउने काम भइरहेको छ। नारा लेक पार गरेर हिल्सातर्फ जाने सडकमा जमेको हिउँ पन्छाउने कामलाई पनि तीव्रता दिइने उनले बताए।

उनका अनुसार सडकको केही भागमा करिब तीन फिट हिउँ जमेको छ। नारा लेकको हिल्सातर्फ पर्ने ओरालोको खाल्डो क्षेत्रमा भने करिब चार मिटर हिउँ थुप्रिएको छ। अत्यधिक हिउँ जमेकाले उक्त क्षेत्रमा हिउँ हटाउन बढी समय लाग्ने उनको भनाइ छ।

‘अहिले यारीबाट नारा लेकतर्फ हिउँ पन्छाउने काम सुरु भएको छ। हिउँ धेरै जमेकाले सडक सञ्चालनयोग्य बनाउन दुईदेखि तीन दिन लाग्ने अनुमान गरेका छौँ,’ उनले भने।

समुद्री सतहदेखि चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकमा यसपटक भारी हिमपात भएपछि सडक यातायात प्रभावित भएको हो। उच्च हिमाली क्षेत्रमा पर्ने उक्त सडकखण्डमा हिउँ बाक्लो गरी जम्दा सवारीसाधन आवतजावत गर्न नसकेको हो।

सडक योजनाका प्रमुख नेपालीका अनुसार हिउँ पन्छाउने कामलाई निरन्तरता दिन जेसीबीका लागि आवश्यक थप इन्धनको व्यवस्था गरिएको छ। बुधबार सिमकोटबाट इन्धन नारा लेकतर्फ पठाइएको उनले जानकारी दिए।

जेसीबीमार्फत बिहानदेखि साँझ साढे ५ बजेसम्म हिउँ हटाउने काम गरिनेछ। मौसमले साथ दिए र काममा थप अवरोध नआए दुईदेखि तीन दिनभित्र सडक सञ्चालनयोग्य बनाउने योजनाको लक्ष्य छ।

Ncell 2
Ncell 2
nimb
nimb

नारा लेकमा हिउँ जम्दा सिमकोटदेखि हिल्सासम्मको सडक सम्पर्क विच्छेद भएको छ। हिल्सा चीनको ताक्लाकोट जाने प्रमुख नाका भएकाले यो सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने नागरिक, व्यापारी र व्यवसायीलाई समेत समस्या भएको छ।

हिल्सामा रोकिए स्थानीय र व्यवसायी

हिउँका कारण यातायात अवरुद्ध भएपछि हिल्सामा रहेका स्थानीयवासी तथा व्यवसायीको दैनिकी प्रभावित भएको छ। हिल्सास्थित मानसरोवर होटलकी सञ्चालक पेमा लामाले सडकमा जमेको हिउँ पन्छाउने काम सुरु भएकोमा खुसी व्यक्त गरिन्। उनले हिउँ हटाएपछि चाँडै यातायात सेवा सञ्चालनमा आउने विश्वास व्यक्त गरिन्।

हाल हिल्सामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यारी नाका भन्सार कार्यालय र अध्यागमन कार्यालयका कर्मचारीसँगै होटल व्यवसायी तथा केही स्थानीय व्यापारी बस्दै आएका छन्। सडक अवरुद्ध हुँदा उनीहरूको आवतजावतमा कठिनाइ भएको छ।

Xtrem

Xtrem

विशेषगरी दसैँ–तिहार नजिकिँदै गर्दा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार, रोजगारी तथा अन्य कामका लागि पुगेका हुम्लाका नागरिकलाई घर फर्किन सडक खुल्ने प्रतीक्षा छ। सडक सञ्चालनमा आएपछि उनीहरूलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

स्थानीयका अनुसार यस वर्ष हिल्सामा असोज १० गतेदेखि विगत १५ वर्षयताकै पहिलोपटक यति भारी हिमपात भएको हो। विगतका वर्षमा कात्तिक महिनापछि मात्रै यसरी बाक्लो हिउँ पर्ने गरेको भए पनि यस वर्ष मौसममा आएको परिवर्तनका कारण असोजमै हिमपात भएको उनीहरूको भनाइ छ।

असोजमै परेको भारी हिमपातले उच्च हिमाली क्षेत्रमा जनजीवनसँगै यातायात र व्यापार व्यवसायमा समेत असर पारेको छ। हिमपातपछि नारा लेकमा जमेको हिउँ पन्छाउन ढिलाइ हुँदा सिमकोट–हिल्सा सडक लामो समयदेखि अवरुद्ध रहँदै आएको छ। 

अहिले नारा लेकमा हिउँ हटाउने काम सुरु भए पनि सिमकोट–हिल्सा सडकखण्डको अर्को उच्च हिमाली क्षेत्र न्यालु लेकमा जमेको हिउँ पन्छाउने काम भने सुरु भएको छैन। त्यसैले नारा लेकको हिउँ हटेपछि मात्रै सम्पूर्ण सडकखण्ड सहज रूपमा सञ्चालनमा आउने अवस्था निश्चित नहुने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ६:०० बजेसम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ । शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु हुम्लाको चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ । नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रम... शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण शुक्रबार देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्