उद्धारका लागि जाने क्रममा सुरक्षाकर्मीको टोली। काठमाडौं– आइतबारदेखि बेपत्ता भएको तारा एअरको विमान दुर्घटना भएको स्थलमा नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली पुगेको छ।
बिहान ७ बजेर ५० मिनेटमा नेपाली सेना र नेपाल प्रहरी त्यहाँ पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
‘जहाँ विमान दुर्घटना भएको हो, त्यहाँ एउटा टोली पुगिसकेको छ। शव यत्रतत्र छरिएको छ भन्ने खबर आएको छ,’ उनले भने, ‘उद्धारका लागि थप टोली पठाउने तयारी भइरहेको छ। यद्यपि, मौसम प्रतिकूल भएकाले घटनास्थलमै हेलिकोप्टर पुगेर ल्याण्ड गर्न सक्ने अवस्था छैन।’
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पैदलमार्ग भएरै त्यहाँ सेनाका लप्टन र प्रहरीका इन्सपेक्टरसहित तीनजनाको टोली पुगिसकेको जानकारी दिए।
‘हामी विभिन्न निकायहरु त्यहाँ उद्धारका लागि प्रयासरत नै छौं। अझै पुग्ने क्रम जारी छ,’ उनले भने, ‘हेलिकोप्टर त्यहाँ पुग्न सक्ने अवस्था अझै छैन मौसमका कारणले।’
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार डेस्क स्थापना गरेर सबै निकाय परिचालन गरेर उद्धारको काम भइरहेको छ।
पोखराबाट जोमसोम जाने क्रममा आइतबारदेखि बेपत्ता भएको तारा एअरको विमान सोमबार बिहान दुर्घटना भएको अवस्थामा भेटिएको हो। यार्सा टिप्न पुगेको टोलीले विमान देखेपछि फोटोसहित सुरक्षाकर्मीलाई खबर गरेका थिए।
लगत्तै, नेपाल प्रहरी, सेना लगायतको टोली त्यहाँ पुगेको हो। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरी हिमशृङ्खलाको फेदमा विमान भेटिएको खबर यार्सा टिप्न जानेहरुले सुरक्षाकर्मीलाई गराएका थिए। अहिले त्यहाँ छरिएर रहेका शवहरु संकलनको काम जारी छ।
सम्बन्धित समाचार :
दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एअरको जहाज
बेपत्ता विमानको खोजी सुरु [तस्बिरहरू]
आइतबारदेखि बेपत्ता तारा एअरको विमान खोजिँदै
यी हुन् हराइरहेको तारा एअरको जहाजमा सवार यात्रुहरू [नामावलीसहित]
तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि
तारा एअरले भन्यो–विमान अझै अज्ञात छ, असान्दर्भिक फोटो तथा भिडियो प्रयोग नगरिदिनुहोस्
बेपत्ता तारा एअरको विमान खोजी कार्य सोमबार बिहानसम्मका लागि स्थगित
हराएको तारा एअरको विमान अहिलेसम्म पत्ता लाग्न सकेको छैन : नेपाली सेना
हराएको विमान मानापाथी हिमालको फेदमा भेटिएको भन्दै स्थानीयले खबर गरे : सेना
विमान वेपत्ता भएको स्थानमा जाँदै छौं, मौसमले गर्दा सेनाको हेलिकोप्टर जाने सकेन : गाउँपालिका अध्यक्ष गौचन
पुष्टि नहुँदै सामाजिक सञ्जालमा जिम्मेवार व्यक्तिबाट यात्रुलाई श्रद्धाञ्जली!
स्थानीय भन्छन्- औसतभन्दा कम उचाइमा पटकपटक घुमेको थियो जहाज
सम्पर्कविहीन विमानको खोजी भइरहेको छ : तारा एअर
सम्भावित दुर्घटना क्षेत्र लेते, तर 'लोकेट' हुन सकेको छैन : सेना
पोखराबाट एमआई–१७ हेलिकोप्टरमा सेनाका २० जनाको टोली विमान खोजीमा निस्कियो
विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह
पोखराबाट सेना र प्रहरीको संयुक्त टोली हेलिकोप्टरमा विमान खोजीका लागि जाँदै
हेलिकोप्टर जान नसकेपछि विमान खोज्न पैदल गयो सेना र प्रहरीको टोली
थासाङ गाउँपालिका अध्यक्ष भन्छन्– विमान दुर्घटनाको आशंका गरिएको स्थलमा जाँदैछौं
तारा एअरको विमान लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो : वायुसेवा सञ्चालक संघ
सम्पर्कविहीन विमान खोजीमा मौसम समस्या, मौसमविद् भन्छन्–आज दिनभर आकाश खुल्ने सम्भावना देखिँदैन
मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या, फिस्टेल फर्कियो, सेनाको हेलिकोप्टर जाँदै
हराएको विमान खोज्न गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण मुस्ताङ फर्कियो
लेतेमाथिको टिटी डाँडामा ठूलो आवाज आएको भन्ने जानकारीमा आएको छ : म्याग्दी प्रहरी
तारा एअरको सम्पर्कविहीन विमान खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन
वेपत्ता विमान अहिलेसम्म फेला परेको छैन : प्रहरी
तारा एअर सम्पर्कविहीन : मुस्ताङको कोवाङमा अन्तिमपटक भएको थियो सम्पर्क
सम्पर्कविहीन तारा एअरको जहाजमा चालक दलसहित २२ जना थिए सवार
सम्पर्कविहीन तारा एअरको विमान खोजीका लागि हेलिकोप्टर पठाइयो
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।